• राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले सर्वदलीय सहमतिका आधारमा चुनाव निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुने सुनिश्चित गर्न सरकारसंँग माग गरेको छ ।

    जनअभिमत र शक्तिबाट अहिले देखिएका कमजोरी र विकृतिको समाधान खोज्न सकिने जनाउँदै राप्रपाले सोही विश्वासका साथ पार्टी चुनावको पक्षमा रहेको बताएको छ ।

    राप्रपा केन्द्रीय सचिवालय कार्यव्यवस्था समिति बैठकद्वारा पारित प्रस्तावमा भनिएको छ, ‘कोरोना महामारीका बीच चुनावमा कसरी जाने भन्ने गम्भीर प्रश्न भने खडा भएको छ ।

    महामारी नियन्त्रण नगरी स्वतन्त्र र निष्पक्ष चुनाव हुन सक्दैन ।

    ’ संविधान, विधि र कानूनको पूर्ण पालना र सम्मान हुनुपर्नेमा जोड दिँदै पार्टीले राज्यको सम्पूर्ण शक्ति र स्रोत परिचालन गरी महामारी नियन्त्रण गर्न सरकारसँग आग्रह गरेको छ ।

    राप्रपाले नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने अभियान तत्काल प्रारम्भ गर्न पनि अनुरोध गरेको छ ।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …