• लुम्बिनी प्रदेशमा यही जेठ १७ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका उम्मेदवारको आज अन्तिम नामावली प्रकाशन गरिनाका साथै निर्वाचन चिह्न प्रदान गरिएको छ ।

    नेकपा (एमाले)का उम्मेदवार चन्द्रबहादुर खड्कालाई सूर्य र नेपाली कांग्रेसका दीर्घनारायण पाण्डेलाई रुख चिह्न प्रदान गरिएको निर्वाचन अधिकृत निमराज भट्टराईले जानकारी दिनुभयो ।

    पाण्डेलाई नेकपा(माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाको समर्थन छ ।

    प्रदेशसभा सदस्य ७९ र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २१७ गरी जम्मा २९६ मतदाता छन् ।

    प्रदेशका १०९ स्थानीय तहका पालिकामा प्रमुख र उपप्रमुख गरी एमालेका ९१, कांग्रेसका ६४, माओवादी केन्द्रका ३९, जसपाका १३, जनमोर्चाका पाँच , राप्रपाका दुई र स्वतन्त्र चार पदाधिकारी छन् ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाले एक सञ्चार सस्थासहित चार जना पत्रकारलाई सम्मान पुरस्कार र १३ जनालाई…

मोरङ । मोरङको पथरीशनिश्चरे—१ कि रिजु भट्टराई नेपालको प्रतिनिधित्व गर्दै विश्व सुन्दरी प्रतियोगिता भिड्…

मोरङ । मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेप…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका स्थित पशुपति सामुदायिक वन उपभोक्ता समितिले लाहा खेतीको लागि शनिवा…