• सुनसरीको धरान उपमहानगरपालिकास्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजनको अभाव नरहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

    प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जिल्लामा अक्सिजन पर्याप्त मात्रामा रहेको हुँदा समस्या नदेखिएकोे जानकारी दिनुभयो ।

    अक्सिजन प्लान्टमा समस्या भए पनि बिरामीको उपचारका क्रममा वैकल्पिक व्यवस्था मिलाएर समेत अक्सिजनको सेवा दिन सकिने अवस्था रहेको उहाँले स्पष्ट पार्नुभयो ।

    तत्काल १०० देखि १५० वटा सिलिण्डर अक्सिजन आवश्यक परेका खण्डमा उपलब्ध हुने अवस्था रहेको प्रजिअ ढकालले बताउनुभयो ।

सम्वन्धित समाचार

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…

 तुलसीपुर (दाङ), १ भदौ : दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको …