• नेपाली एयरलाइन्सले स्वदेशमा नै उत्पादन भएको दूध तथा दुग्धजन्य पदार्थ नौनी, चीज, दहीलगायत उत्पादन उपयोग गर्ने भएका छन् ।

    कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालको नेपाल वायुसेवा निगमसँगको छलफलपछि सो निर्णय गरिएको हो ।

    नेपाल दुग्ध विकास संस्थानका कार्यक्रममा मन्त्री अर्यालले नेपाली किसानको हितलाई ध्यानमा राख्ने हो भने स्वदेशी उत्पादनको उपयोगको विकल्प नरहेको जानकारी दिनुभयो ।

    नेपालमा एक अन्तरराष्ट्रिय विमानस्थलसहित अन्य ५० विमानस्थल छन् । सोमध्ये २९ सञ्चालनमा छन् । अन्य पाँच निर्माणाधीन छन् ।

    नेपालमा अहिले ३० एयरलाइन्स कम्पनीले लाखौँको सङ्ख्यामा यात्रु ओसारपसार गरिरहेका छन् ।

    हवाइजहाजका यात्रुले स्वदेशी दूध तथा दुग्धजन्य पदार्थ उपयोग गरिदिने हो भने लाखौँ किसानको हित हुने संस्थानका अध्यक्ष बाबुराम पाण्डेले जानकारी दिनुभयो ।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …