• सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ रञ्जीतपुरमा आज दिउँसो आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् ।

    स्थानीयवासी भरत चौधरीको परालको थुप्राबाट शुरु भएको आगोले निजको एउटा घर, छिमेकी बन्हु चौधरी, उमाकान्त चौधरी, शोभाकान्त चौधरी र लक्ष्मीकान्त चौधरीको घर

    आगलागीमा परेर जलेर नष्ट भएको बोदेबरसाई निवासी उमेशकुमार साहले जानकारी दिनुभयो ।

    उक्त आगलागीमा घर निर्माण गर्न रकम जम्मा पारी बन्हुका घरमा राखिएको करीब रु छ लाखसमेत जलेर खरानी भएको उहाँले बताउनुभयो ।

    सो आगोमा १२५ सिसीको डिसकभर मोटरसाइकल र आफ्नो घरको सम्पूर्ण सामग्री जलेर खरानी भएको शोभाकान्तको भनाइ छ ।

    अग्निपीडितका अनुसार आगलागीमा घरभित्र रहेको सुनचाँदीसमेत जलेको छ ।

    सो आगलागीमा खाद्यान्न, लत्ताकपडा, भाँडाबर्तन, नगद र घरभित्र रहेको काठ, जस्तापाता, फर्निचरका सामान तथा फ्रिज जलेर खरानी हुँदा

    करीब रु २५ लाख मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बोदेबरसाइनले जनाएको छ ।

    आगो स्थानीयवासी तथा प्रहरी र नगरपालिकाका वारुणयन्त्रले अहिले केही छिन अगाडि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे—१ कि रिजु भट्टराई नेपालको प्रतिनिधित्व गर्दै विश्व सुन्दरी प्रतियोगिता भिड्…

मोरङ । मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेप…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका स्थित पशुपति सामुदायिक वन उपभोक्ता समितिले लाहा खेतीको लागि शनिवा…

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको राजनीतिमा जोडिएको   घोषणा ग…