उर्लावारीका पूर्व गाविस उपाध्यक्ष कुमार धिमालको कोरोनाका कारण निधन भएको छ ।
२०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा नेकपा (एमाले) बाट तत्कालिन उर्लाबारी गाविसको उपाध्यक्षमा निर्वाचित धिमालको उपचारको क्रममा झापा स्थित बीएण्डसी 
अस्पतालमा निधन भएको हो । 
उर्लावारी-२ निवासी उनी धिमाल जातिय बिकास केन्द्र, केन्द्रिय समितीका न्याय अनुशासन बिभाग प्रमुख  समेत थिए ।
 
                                
 
                                                     
                                                    
                                                 
                            
                         
                            
                            
                             
                            
                        