• गत जेठ ४ गते बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ रङगपुर स्थित निर्माणधीन मदर्शा परिसरमा ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अमीन अन्सारीको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।


    मृतक बालकहरुको आमाका प्रेमीले उनीहरुको हत्या गरेको रहस्य प्रहरीले पत्ता लगाएको छ ।
    जिल्ला प्रहरी कार्यालय बाराका अनुसार रङगपुरकै २५ वर्षीय फरमुल्लाह अन्सारी ९मृत बालकहरुको आमाका प्रेमी० ले उनीहरुबीचको अनैतिक प्रेम सम्बन्ध बारे खुलासा हुने डरले बालकहरुको हत्या गरेको रहस्य पत्ता लगाएको हो ।

    प्रहरीले जेठ ४ गते नै हत्या संलग्न रहेको आशंकामा फरमुल्लाहलाई नियन्त्रणमा लिएको थियो । फरमुल्लाहलाई नियन्त्रणमा लिएपछि प्रहरीले अनुसन्धान गरेको थियो । मृतक बालकका आमा मीना खातुनसँगको आफनो अनैतिक प्रेम सम्बन्धको पोल खुल्ने डरले जेठ ३ गते बेलुकी साढे ७ बजे तिर दुवै बालकलाई ललाइ फकाइ गाउँकै मदरशामा लगेर छुराले घाँटी रेटेर हत्या गरेको पुष्टि भएको जिल्ला प्रहरुरी कार्यालयका प्रहरी नायव उपरीक्षक डीएसपी गौतम मिश्रले बताए ।

    मृतक बालकका बुबा अब्दुल गफार वैदेशिक रोजगारीका शीलशीलामा तीन वर्षदेखि कतारमा रहेका छन् । र फरमुल्लाहले छोराहरुलाई छाडी दुई छोरीहरुलाई मात्र लिएर भारतमा गएर आफूसँग बस्न दबाब दिँदै आएका थिए । तर मीनाले छोराहरुलाई छोडेर फरमुल्लाहसँग भारत गएर बस्न मानेकी  थिइनन् ।

    त्यसैबीच, फरमुल्लाह र आमा मीना खातुनको अनैतिक प्रेम सम्बन्ध बारे मृतक बालकहरुले थाहा पाए । उनीहरुले ईद पर्वमा बाबु कतारबाट आएपछि सबै कुरा भनिदिने पनि बताएका थिए । दुवै जना बालकले अनैतिक प्रेम सम्बन्ध बारे उसका बाबुलाई भनिदेने र मीना खातुन पनि आफूसँग भारत जान नमानेपछि उनले बालकको घाँटी रेटेर हत्या गरको स्वीकार गरे ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…