• बाहुबली लेखक केवी विजयन्द्र प्रसादको नयाँ सिनेमा ‘सीता: द इनकार्नेशन’मा बलिउड अभिनेता रणबीर सिंहलाई रावणको भुमिकाको लागि अफर गरिएको छ । केही समय पहिले अफियल घोषणा गरिएको सिनेमा हाल चर्चाको शिखरमा छ ।

    अलौकिक देसाईको निर्देशन रहने सिनेमामा सीताको भुमिकाको लागि अभिनेत्री करिना कपुरलाई प्रस्ताव गरिएको छ । करिना केही समय पहिले मात्रै दोस्रो पटक आमा बनेका सिनेमामा काम गर्ने नगर्ने दोधारमा रहेको बलिउड मिडियाले जनाएका छन् । सिनेमाको प्रस्तावलाई लिएर करिना सकरात्मक रहेको उल्लेख छ ।

    सीताको कोणबाट प्रस्तुत गरिने यो सिनेमामा रामायणमा बेस्ड अन्य सिनेमाभन्दा निकै फरक हुने निर्माण कम्पनीको भनाई छ । अभिनेता रणबीर सिंहलाई सिनेमाको कन्सेप्ट निकै मन परेको छ । यदी सवै कुरा मिलेको खण्डमा पहिलो पटक रणबीर करिनाले एकसाथ स्क्रिन सेयर गर्ने बताइएको छ । निर्माण टिमको पहिलो रोजाई करिना भएकै कारण उनलाई मनाउन निर्देशक लागि परेका छन् ।

    कारणबस सिनेमामा करिनाले काम गर्न नसकेको खण्डमा निमार्ण टिको दोस्रो रोजाई अभिनेत्री आलिया भट्ट रहेको बताइएको छ । सीताको भुमिकामा करिना र आलिया उत्तिकै प्रर्फेक्ट हुने बुझाई निर्माणको छ । हाल करिनासँग कुरा भैरहेका कारण सिनेमाको प्रस्ताव आलियालाई गरिएको छैन् । तर यस विषयमा निमार्ण कम्पनिले आधिकारिक धारण सार्वजनिक गरेको छैन् ।

     

     

     

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…