• विराटनगर/ विराटनगर – १९ सिंघिया खोलाको पुलमुनी एक जना महिलाको मृत अवस्थामा शव भेटिएको छ । 

    विराटनगर – ३ घर भएकी ४३ वर्षिय सुमित्रा खतिवडा मृत अवस्थामा खोलामा डुवेको अवस्थमा शव आज दिउँसो भेटिएको हो ।

    घटनास्थलमा अहिले मोरङ प्रहरीको अनुसन्धान टोली पुगेको छ । घटना वषयमा अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । ‘मृतक अवस्थमा शव भेटिएपछि अनुसन्धानसहितको प्रहरी टोली घटनास्थलमा पुगेको छ,’ डिएसपी राईले भने, ‘अहिले घटना मुचुल्का उठाएर अनुसन्धान भइरहेको छ ।’ थप विषय पोस्माट रिपोटपछि खुल्ने उनले बताए ।

    मृतक महिला डिप्रेसनको औषधी खादै गरेको र शरिरमा पनि कुनै निलडाम नरेहेकाले आत्महत्या गरेको हुनेसक्ने आशंका गरिएको छ । 

    ब्लाष्ट खबर
     

सम्वन्धित समाचार

विराटनगरमा रक्सीको नसामा रहेका भाइले शुक्रबार राति धारिलो हतियार प्रहार गरेर दाजुको हत्या गरेका छन् ।&nb…

विराटनगरमा गुड्दै गरेको भ्यानमा आगलागी भएको छ । बिहीबार दिउँसो विराटनगर महानगरपालिका– २ बञ्जरा च…

विराटनगर / जिल्ला प्रशासन कार्यालय मोरङले खुकुलो प्रावधानसहित एक साताका लागि निषेधाज्ञा अवधी थप गरेको छ …

मिलन के राउत, उर्लाबारी  मानव र मानवताबीच जब आपत्त–विपत्त पर्छ, तब सच्चाई र झुटको कित्ता छुटि…