• उदयपुरमा टिकटक बनाउने क्रममा एक बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा चौदण्डीगढी नगरपालिका–९ की ११ वर्षीया सञ्जीता बस्नेत रहेकी छन् ।


    बुधबार साँझ टिकटक बनाउन मुढा राखेर सलको पासो लगाई भिडियो बनाउने क्रममा मुढा चिप्लिएर पासो लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख (एसपी) भिवबहादुर दाहालका अनुसार उनले मोबाइल घरको धरिनमा राखेको अवस्थामा फेला परेको थियो ।

    उनको घाँटीमा सलको पासो बनाएर बाईबाई गरेको भिडियो देखिएको छ । आमा बुबा भान्सा कोठामा खाना खाइरहेको अवस्थामा अर्को कोठामा टिकटक बनाउने क्रममा छोरीको झुन्डिएर मृत्यु भएको थियो ।

    बालिका आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेको एसपी दाहालले जानकारी दिए । सलको पासो बनाएर झुन्डिएको भिडियो फुटेज देखिएको बताउँदै एसपी दाहालले भिडियो फुटेज अनुसन्धानकै क्रममा रहेकोले फोरेन्सिक ल्याबपछि मात्रै प्रष्ट हुने बताए । भिडियो झुन्डिएकै दिनको हो कि अरू दिनको हो, अनुसन्धानपछि थाह हुने एसपी दाहालको भनाइ छ ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…