• रेडियो सञ्चालकहरुको सङ्गठन ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको शुक्रवार बिहान निधन भएको छ ।

    कोरोना सङ्क्रमणका कारण उहाँको ५० वर्षको उमेरमा निधन भएको हो । न्यौपानेको विराट मेडिकल कलेजमा उपचार भइरहेकोमा शुक्रबार मृत्यु भएको नेपाल पत्रकार महासंघ सुनसरीका

    अध्यक्ष जनकऋषि राइले जानकारी दिनुभयो ।

    न्यौपाने इटहरीको सप्तकोसी एफएमका स्टेशन म्यानेजर र विज्ञापन बोर्डका सदस्य समेत हुनुहुन्थ्यो ।

    कोरोना सङक्रमण पुष्टि भएपछि न्यौपानेलाई वैशाख २८ गते बेलुका विराटमा भर्ना गरिएका थियो । अवस्था जटिल भएपछि भेण्टिलेटरमा राखेर उहाँको उपचार गरिएको थियो ।

सम्वन्धित समाचार

काठमाडौं, २४ चैतसडक दुर्घटनामा गम्भिर घाइते कलाकार कोपिला थापाको उपचार खर्च जुटाउन नायिका रेखा थापाले …

 नेकपा एमाले बाराको जिल्ला कमिटीको पाँच जना पदाधिकारीका लागि ११ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष…

पृथ्वीको सतह भन्दा ७०० किलोमिटर तल सबैभन्दा ठूलो महासागर अवस्थित रहेको वैज्ञानिकहरुले पत्ता लगाएका छन् । अ…

मोरङ । तिमिल्सिना इतिहास विगतदेखि वर्तमानसम्म पुस्तकका मोरङ पथरीशनिश्चरेका दीपेन्द्रराज तिम्सिनालाई सम्मानि …