• मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिकामा कोरोना भाइरस संक्रमितको संख्या बढेर २०० पुगेको छ । 


    फागुन १६ गते (आइतबार)को विवरण अनुसार वडा नम्बर १ मा ५६, २ मा २७, ३ मा ११, ४ मा २५, ५ मा नौ, ६ मा १६, ७ मा २१, ८ मा आठ, ९ मा १४, १० नम्बर वडामा १३ जना गरी २०० विरामी रहेका छन । जसमध्ये ७६ जना निको भएका छन् । सक्रिय संक्रमित ११४ छन । त्यसमध्ये २२ जना बिभिन्न अस्पतालको आइसोलेसन र १७८ जन होम आइसोलेसनमा रहेको पथरी शनिश्चरे नगर अस्पतालले जनाएको छ । 


    कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि पथरीशनिश्चरे नगरपालिकामा १० जनाको मृत्यु भइसकेको छ । मृत्युहुनेमा १ नम्बर वडामा पाँच, ४ मा तीन, ८ मा एक र १० नम्बर वडामा एक जना रहेको छ । हालसम्म ४ सय ५९ जनाको पीसीआर परीक्षण भएको छ । 

    नगर अस्पतालमा विभिन्न संघ, संस्था तथा ब्यक्तिहरुले प्रदान गरेको १५ वटा अक्सिजन र तीन वटा कन्सुलेटर(अक्सिजन दिने मेशिन) गरी १८ जनालाई अक्सिजन दिन मिल्ने गरी १५ बेडको आइसुलेसन तयार रहेको छ । नगर अस्पतालको आइसोलेनमा ११ जना रहेको मध्ये ४ जना डिस्चार्ज भएको अस्पतालले जनाएको छ । 

    हप्ता दिन अघि १६० जना कोरोना संक्रमित र सात जनाको मृत्यु भएको नगरले जनाएको थियो । होम आइसोलेसनमा बसेका संक्रमित बिरामीहरु माक्ससमेत नलगाई बिभिन्न टोलहरुमा खुलेआम हिड्नुको साथै सावधानी नअपनाएको र निगरानी नपुगेको कारण भाइसर फैलिन सक्ने खतरा रहेको रामप्रसाद शिवाकोटीको भनाइ छ । 

    कतिपय गाउँमा को संक्रमित हो भन्ने थाहा नहुने, जनकारी भएका संक्रमित पनि होम आइसोलेसनमा दिकदार भएर बाहिर हिड्न थाल्दा भाइसर सर्नसक्ने खतरा भएको उनको भनाइ छ । होम आइसोलेसनमा रहेका संक्रमितहरुलाई सम्बन्धित निकायले नेगेटिम रिपोर्ट(भाइरस मुक्त) नभएसम्म कोठामै बस्न, बसाउन औपचारिक रुपमा (छिमेकीहरुलाई थाहा हुनेगरी) भन्नु र पहल गर्नुपर्ने शिवाकोटीको भनाई छ । 

सम्वन्धित समाचार

बाँकेका अस्पतालमा भर्ना भएका थप पाँच सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका द…

नर्भिक इन्टरनेशनल हस्पिटलले सस्तो दरको ‘पोष्ट कोभिड प्याकेज’ को घोषणा गरेको छ । पछिल्लो समय दो…

प्रत्येक वर्ष मे २८ का दिन मनाइने सुरक्षित महिनावारी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । क…

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सक र नर्समाथि आक्रमण हुनु न…