• वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आगोलागीबाट जलेकी डोटीको आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँ बस्ने २८ वर्षीया लक्ष्मी भाटको उपचारका लागि रु २५ हजार सहयोग प्रदान गर्नु

    भएको छ ।

    डोटीबाट सेनाको हेलिकोप्टरमा ल्याइएकी भाटलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफै पुग्नु भइ मन्त्री आलेले उपचारका लागि रकम प्रादन गर्नुभएको उहाँका प्रशासन सहायक भक्त आलेले जानकारी दिनुभयो ।

    अज्ञात व्यक्तिले यही जेठ १२ गते राति आफ्नै घरमा सुतिरहेका बेला प्रज्वलनशील पदार्थ छर्केर आगो लगाउदा उहाँ जलेर गम्भीर घाइते हुनुभएको थियो ।

    जिल्लामा उपचार सम्भव नभएपछि थप उपचारका लागि लक्ष्मीलाई आज मन्त्री आलेको पहलमा नेपाली हेलिकप्टर मार्फत काठमाडौँ ल्याइ कीर्तिपुरस्थित वर्न अस्पतलामा उपचार शुरु भएको छ ।

    मन्त्री आलेले पहल तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहसचिव महेश्वर न्यौपानेको समन्वयमा घाइते भाटको थप उपचारका लागि काठमाडौ ल्याइएको हो ।

    अहिले लक्ष्मीको अवस्था खतरामुक्त भएको उपचारमा संलग्न वर्न अस्पतलाका चिकित्सक डा सुरेन्द्र बस्नेत र प्रकृति ज्ञवालीले जानकारी दिनुभयो ।

    घटनालगत्तै लक्ष्मीका श्रीमान सन्तोष भाट फरार रहेकाले श्रीमानले नै घटना गराएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

सम्वन्धित समाचार

लुम्बिनी प्रदेशमा आज हुन लागेको राष्ट्रियसभा निर्वाचनको मतपरिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने भएको छ ।…

उर्लाबारी ११ जेठ मोरङको कानेपोखरी वडा नं. ७ स्थित धिमाल समुदायको ग्रामथान रहेको क्षेत्रमा गाउँपालिकाले …

उर्लाबारी ११ जेठ मोरङको कानेपोखरी वडा नं. ७ स्थित धिमाल समुदायको ग्रामथान रहेको क्षेत्रमा गाउँपालिकाले …

धरान / प्रहरीले सुनसरीको देवानगञ्ज गाउँपालिका–४ बाट गत सोमबार विवाह मण्डपबाटै दुईजनालाई पक्राउ गर…