• सत्तारुढ नेकपा एमालेको उर्लाबारी नगर कमिटीले ‘खनाल–नेपाल समुह’ भन्दै एमालेकै नाममा समानान्तर कमिटी बनाएकोमा आपत्ति जनाएको छ । एमालेको माधवकुमार नेपाल समूहले गत शनिबार नगर कमिटी गठन गरेपछि उर्लाबारी एमालेमा भाँडभैलो मच्चिएको छ । 


    ओली पक्षीय एमालेका नगर अध्यक्ष उमाकान्त गौतमले मंगलबार विज्ञप्ति जारी गरी एमालेका नाममा गतिविधि गर्नेहरुलाई कारवाहीको चेतावनी दिएका छन्। 

    उर्लाबारी–३ का गंगाप्रसाद बास्तोलाले पार्टी पुनर्गठन भन्दै आफ्नो संयोजकत्वमा एमाले नगर कमिटीको घोषणा गरेपछि गौतम नेतृत्वको उर्लाबारी एमाले क्रुध बनेको हो । उनलाई समानान्तर गतिविधि नगर्नपनि चेतावनी दिइएको छ । 

    यसैबीच अध्यक्ष गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, –‘मुलुकको कम्युनिष्ट आन्दोलनको आरोह, अवरोहको विकासक्रममा पार्टीभित्र देखिएका असहज अवस्थाले सिंगो पार्टीपंक्तिमा सरोकार र चिन्ता छाएको सर्वविदितै छ ।

     पार्टीभित्रको गहिरिदो संकटलाई निरुपण गर्न आम एमालेपंक्ति क्रियाशिल रहिरहेको अवस्थामा उर्लाबारीमा व्यक्तिवादी चिन्तन बोकेका केहि व्यक्तिहरुबाट पार्टीको लोगो, लेटरप्याड अनाधिकृत रुपमा प्रयोग गरिएकोप्रति ध्यानाकर्षण भएको छ ।’

     विज्ञप्तिमा गौतमले भनेका छन्– ‘कुनै अमुक समुहको नाममा यो किसिमको फुटपरस्त गतिविधि सवर्था अनुचित र आपत्तिजनक भएको हाम्रो ठहर छ । नेकपा (एमाले) उर्लाबारी नगर कमिटीमा आबद्ध पदाधिकारी तथा सदस्य, संगठित सदस्य, अगुवा कार्यकर्ता, शुभेच्छुक, जनवर्गीय संगठनमा आबद्ध कमरेडहरुलाई अनाधिकृत व्यक्तिहरुले चलाएको अफवाहको भ्रममा नपर्न आग्रह गर्दछौ । अतः नेकपा (एमाले) उर्लाबारी नगर कमिटी पूर्ववत अवस्थामा यथावत रहेको सबैमा जानकारी गराउन चाहन्छौ ।’ 

    एमाले उर्लाबारी नगर कमिटी कुनैपनि किसिमका फुट र गुटपरस्त क्रियाक्लापलाई रोक्न सदैव सक्रिय रहदै जनाउदै एमालेको नवौ महाधिवेशनबाट पारित पार्टीको विधान अनुरुप केन्द्रिय नीति र जिल्ला कमिटीको निर्देशनविपरित नगर कमिटीभित्र ‘धमिलो पानीमा माछा मार्ने’ कार्य किमार्थ सह्यै हुने छैन–विज्ञीितमा उल्लेख छ । एमालेकै नाम दुरुपयोग गर्ने कार्य भइरहे संलग्न व्यक्तिहरुलाई पार्टी कारबाही गरिने पनि उल्लेख गरिएको छ । 

    यस्तै, एमाले मोरङ जिल्ला सदस्य पुष्प ढकालले भने–‘जसरी हिजोका दिनमा केही नेतृत्वका व्यक्तिहरुलाई कारबाहीको प्रक्रिया अघि बढेको छ अब यही तरिकाले जाने हो भने समानान्तर कमिटी गठन गर्न उद्दत हुने र त्यो कमिटीमा बस्नेहरु समेतलाई कारबाहीको दिशामा पार्टी अगाडि बढ्छ।’ 

    लोकतान्त्रिक विधि, परम्परा र विधानबाट चल्नुपर्ने पार्टीलाई गैरकानुनी र गैरसंवैधानिक तरिकाले चलाउन खोजिएको उनले बताए। समानान्तर कमिटी गठन गर्ने कुरा पार्टीलाई स्वीकार्य नहुने उनको भनाइ छ।

    ढकालले भने, ‘लोकतान्त्रिक विधिबाट, परम्पराबाट, विधानबाट चल्नुपर्ने पार्टी यदी गैरकानुनी तरिकाले, गैरसंवैधानिक तरिकाले र अवैधानिक तरिकाले चल्छ भने स्वभाविक छ त्यो पार्टीको कारबाहीको विषय बन्छ। त्यसकारणले समानान्तर कमिटी गठन गर्ने कुरा त कुनैपनि हालतमा पार्टीका लागि स्वीकार्य विषय हुनै सक्दैन।’

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…