• नगर प्रमुख खड्ग फागोले विपन्न समुदायलाई लक्षित गरेर ल्याएको बजेटलाई सबै उपमेयरसहित उर्लावारीका सबै वडाका वडाध्यक्षहरु मिलेर परिवर्तन गरेपछि बुधबारको कार्यापालिका बैठक विषय वस्तुमा प्रवेश नै नगरी स्थगित भयो । उक्त बजेटप्रति असन्तुष्ट जनाउँदै मेयर फागो बाहिरिएका थिए । 
    बुधबार साँझ उर्लावारीका ७ वटा वडाका वडाध्यक्ष र उपमेयरले संयुक्त प्रेस विज्ञप्ति निकाले । 
    मेयर फागोलाई विभिन्न १० प्रश्न सोध्दै जारी गरिएको संयुक्त प्रेस विज्ञप्तिमा उर्लावारी कांग्रेसका सभापति समेत रहेका वडा नम्बर ७का वडाध्यक्ष बीरबल थापा,कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरु भानु पराजुली र चिन्तामणि पौडेलले हस्ताक्षार गरेपछि कांग्रेसभित्रको विवाद छताछुल्ल भएको छ ।
     कांग्रेसबाट निर्वाचित वडा नम्बर २का वडाध्यक्ष राजन कँडेल र वडा नम्बर ३ का वडाध्यक्ष गञ्जबहादुर कार्कीले संयुक्त विज्ञप्तिमा हस्ताक्षार नगरेपनि उनीहरुले योजना तर्जुमा समितिको बैठकमा भएका निर्णयहरुमा भने हस्ताक्षर गरेका छन् ।
    आफ्नै पार्टीबाट निर्वाचित मेयर विरुद्ध वक्तव्यबाजी गरेको भन्दै तरुण दल उर्लावारीका सभापति रोहित कार्कीले बुधबार राति विज्ञप्ति जारी गरेर विरोध जनाएका छन् ।
     कार्कीले लेखेका छन्,' नेपाली कांग्रेसको झन्डा ओढेर निर्वाचित वडाध्यक्षहरुबाट आफ्नै नेतृत्वविरुद्ध प्रेस विज्ञप्ती जारी गर्ने कार्यप्रति खेद प्रकट गर्दै तत्काल सच्चाउन अनुरोध गर्दछौं । व्यक्तिगत स्वार्थका लागि मेयर फागोलाई आफ्नै पार्टीका वडाध्यक्षहरु लगायतले निरन्तर रुपमा घेराबन्दीमा पार्ने काम भएको यस घटनामा प्रष्ट हुन्छ । जनताको हितमा कार्य गर्न खोज्दा अवरोध सिर्जना गर्ने अभिप्रायले चौतर्फी घेराबन्दी गरेको हाम्रो ठहर छ । '
    मेयर फागोको विपक्षमा कांग्रेसकै वडाध्यक्षहरु उभिएपछि उर्लावारीको कांग्रेस पार्टीभित्रको अन्तरसंघर्ष पनि छताछुल्ल भएको छ । संयुक्त प्रेस विज्ञप्तिमा कांग्रेसका ३ वडाध्यक्षहरुको हस्ताक्षार भएपनि यसलाई नजिकँदै गरेको कांग्रेस महाधिवेशनलाई जोडिएको छ ।
    मेयर फागोले उक्त संयुक्त प्रेस विज्ञप्ति र त्यहाँ हस्ताक्षार गरिएका कांग्रेस जनप्रतिनिधिहरुलाई लक्षित गरेर बिहीबार बिहानै सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् । उनले लेखेका छन्,'अघि बढ्नुहोस आदारणीय जनप्रेमी ज्युहरु कलियुग हो सत्यताको गन्तव्यमा पुग्न धेरै चुनौती छिचोल्नु पर्छ। गन्तव्य लिन खोज्छ तर खोर भित्र चारो खान्छ सुत्छ फेरि गन्तव्य लिन खोज्छ खान्छ सुत्छ,खान्छ सुत्छ ,खान्छ सुत्छ सुगुर। '
    यस्तै, बिहीबार नै कांग्रेसका केही कार्यकर्ताहरुले कांग्रेसबाटि निर्वाचित वडाध्यक्षहरु एमालेको गोटी बन्न हस्ताक्षर गरेको बताएका छन् । उनीहरुले आफ्नै नेतृत्व विरुद्ध घेरबन्दी गर्न केले प्रेरित गर्यो वा कस्तो दबाब पर्यो वा लोभ लालच पो हो कि भन्दै प्रश्न तेर्स्याइएको छ । 
    उनीहरुले आफ्नै नेतृत्व बिरुद्द लाग्नु खेदजनक भएको बताएका छन् । आफ्नो नेतृत्वले ल्याएको जनमुखि बजेटलाई कटौती गरेर उपमेयरको नेतृत्वमा बसेर नीति तथा कार्यक्रम बनाउन के जरुरी थियो भन्दै उनीहरुले प्रश्न गरेका छन् । कांग्रेसका युवा नेता समेत रहेका लोलिम पोमु लिम्बूले मेयरले जनमुखी बजेट ल्याउँदा किन यत्रो धेरै नाटक गरेर विज्ञप्ति जारी गर्नुपरेको भन्दै सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन् ।
    यस विषयमा उर्लावारी कांग्रेसका सभापति बीरबल थापा भने मेयर खड्ग फागो नै पार्टी विरोधी गतिविधिमा लागेको आरोप लगाए । मंगलबारे पेजसँगको कुराकानीमा उनले भने,' पार्टीका ५ जना वडाध्यक्षहरुले गरेको सर्वसम्मत निर्णलाई मान्दिनँ भन्नु के पार्टी विरोधी गतिविधि होइन ? कांग्रेसबाटै निर्वाचित वडाध्यक्षहरु योजना तर्जुको बैठकमा जाँदा उहाँलाई के को आपत्ति ? उहाँ त झन् खुसी हुनुपर्ने हो । ' 
    योजना तर्जु समितिको बैठकमा विगतदेखि नै सबै वडाका वडाध्यक्षहरुलाई बोलाइने परम्परा रहेको थापाले बताए ।  'अघिल्लो वर्षहरुमा चाही बैठक बस्दा मिल्ने यो वर्ष नमिल्ने भन्ने हुन्छ ?,' उनले भने । 
    ९ वटै वडामा नगरपालिका स्वयंले पाइप खरिद गर्छ भने वडाध्यक्षहरुले कसरी कमिसन खान्छन् भन्दै थापाले प्रश्न गरे ।  
    मेयर फागो नै कांग्रेसका ५ जना वडाध्यक्षहरुको विरोधमा गएको बीरबलले दाबी गरे । उनले भने,'अरुको कुरा नसुन्ने अनि मिडिया बोलाएर ठूलो स्वरमा कुरा गर्दै  बैठक बाहिष्कार गर्न मिल्छ ? उहाँ आफैंले बैठक बस्न नचाहेपछि बुधबारको बैठक अवरुद्ध भएको हो । अब बैठक बस्ने नबस्ने उहाँको हातमा छ । जनप्रतिनिधिहरुलाई भ्रष्टाचारको आरोप लगाउनु भएको छ त्यो कुरा उहाँले पुष्टि गर्नुपर्छ । '

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरेमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल गोल्डकप प्रतियोगिता हुने भएको छ ।  पथ…

निर्वाचन भनेको ढाँटेर भोट बटुल्ने बिजय जुलुस सकिएपछि भरिकस गाउँ फर्केर नआउने परम्परा छ इलाम—२ मा …

इलाम । इलाम—२ को उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्र…

इलाम । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको…