• क्वालालम्पुर- गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको अध्यक्ष पदका लागि दाबेदारीमा सुनिल चालिसे पनि उत्रिने भएका छन।संघको अधिबेशन नजिकै गर्दा अध्यक्ष पदका आकाक्षिहरु एकपछी अर्को गर्दै आफ्नो दाबेदारी दिने क्रम जारी छ। समाजसेवी केशु थापा,संघकै उपाध्यक्ष शुन्दर आले, संघका अध्यक्ष हरि भट्टराई र निवर्तमान महासचिव सुनिल चालिसे क्रमशः अध्यक्ष पदका आकाशी रहेका छन।

    चालिसेका अनुसार मलेसियामा राजनैतिक हाबी र पुजीवादी सस्कारकै आधारमा संघको नेतृत्व चयन गर्दै आइरहेकोले यसको अन्त्य गरेर श्रमिक मुखी सस्थाको परिचय निर्माण गर्नपनी आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन। गैरआवासीय नेपाली संघ मलेसियाको नाम मलेसियामा श्रमिक किन बेच गर्ने दलाल र म्यानपावर व्यावसायी हरुले बदनाम गराएका छन। संघ लाई श्रमिक मैत्री बनाउन सकेका छैनन।

    यहि परिपाटीको अन्त्य गरेर श्रमिक माझ लोकप्रिय सस्था बनाउन र मलेशियामा रहेका श्रमिकका समस्यालाई उजागर गर्नको निम्ति आफुले आगामी नेतृत्व लिन चाहेको बताए। संघ लाइ सुदृढीकरण र थप श्रमिकमैत्री बनाउने काम कुनैपनी नेतृत्व ले नगरेकोले त्यसतर्फ आफ्नो ध्यान केन्द्रित भएर आगामी अधिबेशनमा आफ्नो नेतृत्वमा संघ लाई अगाडि बढाउन चाहेको बताए।

    भने चालिसे यो भन्दा पहिले पनि २ कार्यकाल महासचिव भएर काम गरिसकेका अनुभबी ब्यक्तित्वको रुपमा मलेसियामा परिचित छन।

     

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…