विराटनगर / जिल्ला प्रशासन कार्यालय मोरङले खुकुलो प्रावधानसहित एक साताका लागि निषेधाज्ञा अवधी थप गरेको छ । सोमबार बसेको बैठकले निषेधाज्ञाको अवधी असार २१ गतेसम्म थप गरेको हो ।
खुकुलो प्रावधानसहित थप गरिएको निषेधाज्ञा अवधीमा निजी सवारी जोरबिजोरका आधारमा सञ्चालन गर्न पाइनेछ । मोरङका प्रमुख जिल्ला अधिकरी कोषहरि निरौलाका अनुसार सार्बजनिक सवारी तत्काल सञ्चालन नगर्ने निर्णय भएको छ ।
बजार पसल पनि दिउँसो ४ बजेसम्म खुला गर्ने निर्णय भएको उनले बताए । यस अघि बजार पसल ११ बजेसम्म खोल्ने दिने निर्णय भएको थियो । सोमबारबाट दिउँसो ४ बजेसम्म बजार पसल खोल्न दिने निर्णय भएको छ । कार्यालयहरु पनि खुला गर्न अनुमति दिइएको उनले बताए । होटल, रेस्टुरेन्ट सिनेमा हल, जिम भने तत्काल खुला गरिएको छैन । असार ७ गते थप गरिएको निशेधाज्ञा आज राति १२ बजेबाट सकिदैछ ।