• मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नम्बर वडाले गत आर्थिक बर्षको बजेटबाट भएको बिकास निर्माण तथा वडाबाट हुने सेवा वितरण बारे सार्वजनिक सुनुवाई गरेको छ । 

    भुल्के मिडियाको आयोजनामा शनिबार भएको कार्यक्रममा वडा अध्यक्ष बाबुराम दाहालले आर्थिक बर्ष २०७७⁄०७८ मा सिलिङ बजेट ७५ लाखबाट भएको बिकास निर्माण तथा सेवा वितरण बारे प्रस्तुत गरेका थिए । 

    सार्वजनिक सुनुवाई कार्यक्रममा वडा सचिव ललिता लावती लिम्बूलाई कर्मचारी प्रमुखले गर्नुपर्ने कार्यालयमा सूचना पार्टी, गुनासो सुन्ने कर्मचारी नियुक्त, सुझाव पेटिका तथा बढा पत्र राखिए, नराखिएको बारे प्रस्न सोधिएको थियो । सचिव लिम्बूले वडा कार्यालय नयाँ भवनमा भर्खरै सारेको कारण चाँडै ब्यवस्थित गरिने प्रतिबद्धता गरिन । 

    खुल्ला सत्रमा उपस्थित वडा बासीहरुले सिलाइ कटाइ, प्लम्बिङ, अचार बनाउने लगायतको तालिम उपलब्धि बिहिन भएको र तालिम भत्ता लिने दिनकै लागि आयोजना भएको जस्तो भएकोले आगामी दिनमा सच्चिनु पर्ने सुझाव तथा प्रस्नहरु राखेका थिए । 

    वडा सदस्यहरु सुक्र लिम्बू, सिर्जना भट्टराई, मुना गजमेर लगायतको जनप्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा नेकपा माओवादी (क्रान्तिकारी)का नेता सुरेन्द्र चापागाई, नेकपा एमालेका स्थानीय नेता नवीनजंङ कार्की, नेपाली कांग्रेसका नेता लगायतले सुझाव दिएका थिए । अधिकांशले जग्गाको मालपोत वडाबाटै तिर्ने व्यवस्था मिलाउनु पर्ने सुझाव दिएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङको उपाध्यक्ष मोहन भट्टराई लगायतका सञ्चारकर्मीहरुको उपस्थित थिए । 
     

सम्वन्धित समाचार

काठमाडौं, २४ चैतसडक दुर्घटनामा गम्भिर घाइते कलाकार कोपिला थापाको उपचार खर्च जुटाउन नायिका रेखा थापाले …

 नेकपा एमाले बाराको जिल्ला कमिटीको पाँच जना पदाधिकारीका लागि ११ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष…

पृथ्वीको सतह भन्दा ७०० किलोमिटर तल सबैभन्दा ठूलो महासागर अवस्थित रहेको वैज्ञानिकहरुले पत्ता लगाएका छन् । अ…

मोरङ । तिमिल्सिना इतिहास विगतदेखि वर्तमानसम्म पुस्तकका मोरङ पथरीशनिश्चरेका दीपेन्द्रराज तिम्सिनालाई सम्मानि …