• असार २२ उर्लाबारी

    मोरङ उर्लावारीका गायक सुरेश धिमालको ‘गाजलु आँखाको’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।


    उर्लावारी नगरपालिका वडा नम्बर–२ मंगलबारेका सुरेश धिमालको आफ्नो दोस्रो गीत रिलिज भएको हो । गाजलु आँखा नामको गीतसहितको म्युजिक भिडियो युट्यबमार्फत सार्वजनिक भएको छ । यसअघि ‘रोजेर तिमिलाई’ म्युजिक भिडियो सार्वजनिक भइसकेको छ । 
     

    सुरेशले झापा, मोरङ र सुनसरीका लगायतका स्टेज कार्यक्रमहरुमा आफ्नो परिचय बनाइसकेका छन । ट्युन एन्ड टोन इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको यो गीतको भिडियोमा भुवन खड्का र सीमा धिमाललाई देख्न पाइन्छ । गीतको छाँयाकन भने मोरङ र झापको बिभिन्न स्थलहरुमा गरिएको छ । गीतमा लेखराज ढकालले संगित भरेका छन भने उपेन्द्र अधिकारीको शब्द रहेको छ । दमकस्थित काब्या रेकडिङ स्टुडियोमा गायक सुरेश धिमालको ‘गाजलु आँखाको’ गीत रेकर्ड गरेका हुन । गीतलाई अशोक थापाले एरेन्ज गरेका हुन ।
     

    सुरेशले आफ्नो सांगितिक क्षेत्रको यो पहिलो खुड्किलो भएको भन्दै सबैलाई सहयोग गरिदिनुहुन अग्रहगर्दै गीत सुनेर, हेरेर प्रतिक्रिया र सुझावको दर्शकमाझ आश गरेका छन ।

सम्वन्धित समाचार

काठमाडौं, २ बैशाख । गायक सुनिल गिरीले नयाँ गीत ‘कालीगड’ सार्वजनिक गरेका छन्।  नेपाली…

 महेन्द्रनगर, १५ चैत  पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्याङ्गना झरना बोहरा सुदूरपश्चि…

 महेन्द्रनगर, २९ फागुन   उहाँ देउडा गायनका क्षेत्रमा झण्डै अढाई दशकदेखि लागिपर्नुभएको छ । पछिल्…

गायक शिव परियारको स्वर रहेको ‘छैन है गुनासो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । प्रेम…