• असार २२ ,गौशाला ममता शर्मा महोत्तरीको गौशालामा नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुलाइ सहायक सामग्री वितरण गरिएको छ । महोत्तरी नेत्रहीन संघको सहयोगमा र गौशाला नगरपालिका आयोजना तथा आर्थिक सहयोगमा नगरका १२ वटै वडाका अपाङ्गता भएका व्यक्तिहरुलाइ समेटेर उक्त सहायक सामग्री वितरण गरिएको छ ।

    गौशाला नगरपालिकाका उपमेयर आशा लामाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा टायर साइकल ७ थान ,ह्विल चेयर ८ थान ,सेतो छडी १८ थान, वैशाखी १२ थान ,ट्वाइलेट चेयर १५ थान, एएल स्टिक २ थान, एअर मसिन २ थान वितरण गरिएको हो । जसमा महोत्तरी नेत्रहीन संघका सल्लाहकार तथा जिल्ला अध्यक्ष बिरेन्द्र महतो ,संघका अध्यक्ष सर्वजित झा ,नगरपालिकाको अपाङ्ग तथा बालबालिका शाखा प्रमुख अस्मिता शर्मा लगायत अपाङ्गता भएका व्यक्तिहरु र स्थानीयहरुको सहभागिता रहेको थियो ।

    नगरका अपाङ्गता भएका व्यक्तिहरुको माग अनुसार सो सहायक समाग्री वितरण गरिएको महोत्तरी नेत्रहीन संघका जिल्ला अध्यक्ष बिरेन्द्र महतोले बताउनुभएको छ । त्यस्तै नगरपालिकाले बर्षेनी अपाङ्गता भएका व्यक्तिहरुको लागि बजेट छुट्याई सहयोग प्रदान गर्ने गरिएको नगर उपप्रमुख आशा लामाले बताउनु भएको छ ।

    उहाले भन्नुभएको छ , "अपाङ्गता भएका व्यक्तिहरुको कठिन जीवनलाइ केहि सहज तरिकाले हिड्डुल गर्न ,व्यक्तिगत कार्यगर्न सहजता प्रदान गर्ने उद्देश्यले यो सामग्री वितरण गरिएको छ । अपाङ्गता भएका व्यक्तिहरुलाई यस्ता सामग्री अपरिहार्य हुने भएकोले नगरपालिकाले सो सामग्री वितरण गरिएको बताउनु भएको छ ।

    सहायक सामग्री वितरण गरिएको प्रति अपाङ्गता भएका व्यक्तिहरुले खुसि व्यक गर्दै नगरपालिका तथा महोत्तरी नेत्रहिन संघलाइ धन्यवाद ज्ञापन गरेका छन् ।

सम्वन्धित समाचार

काठमाडौ । वैदेशिक रोजगारीको लागि युके पठाइदिन्छु भनी ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । …

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५६ करोड बराबरको बजेट वि…

काठमाडौं ।  सुन तस्करी प्रकरणमा पक्राउ परेकी नेकपा माओवादी नेतृ अमला रोकालाई काठमाडौं जिल्ला अदालत…

काठमाडौ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । आज (आइतबार) बिहान ११ बजे संसद भवन नया…