• खुवालुङ पुगेर विचार राख्दै मुख्यमन्त्री शेरधन राई

    २०७७ फागुनको दोस्रो साताबाट खुवालुङको चर्चा चुलिदै गएको छ । फागुन ८ गते विराटनगरमा भएको एमालेको आमसभामा प्रधानमन्त्री केपी ओलीले स्टिमर चलाउन नदी वीचको ढुङ्गाहरु क्रेन लगाएर फुटाउने तयारी गरेको भनेपछि ढुङ्गाको बिशेष चर्चा सुरु भएको थियो । 

    मुन्दुमसँग जोडिएको पवित्र खुवालुङ फुटाउने कुरा आउनु आम किराती समुदायिको लागि प्रिय थिएन । समुदाय भित्र विश्वब्यापी आक्रोस पैदा भयो । त्यो बेला खुवालुङ फुटाउन नहुने आशायले अभिब्यक्तिहरु प्रशस्त आए । 
    किरात राई समुदायको सर्वोच्च साझा सामाजिक संस्था किरात राई यायोक्खा भने चर्चामा आउनु अघि (त्यो मिति)देखिनै खुवालुङलाई सांस्कृतिक पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्नुपर्ने धारण राख्दै आएको थियो । धार्मिक अतिक्रमणको खतरामा रहेको खुवालुङ बचाउन छलफल र बहस गर्दै आएको थियो । तत्कालीन उपमहासचिव दिवस कोयु राईको नेतृत्वमा छ बर्ष अघि प्रकाशन भएका मुखपत्र निप्सुङ ३५ औं अंकमा खुवालुङ बारे सामाग्री प्रकाशन भएको थियो । 


    गीतकार खुक्सङ खम्बू राईले चार बर्ष अघि खुवालुङ बारे गीत लेख्नु भएको थियो । गीत गायक जनम थुलुङ राई (भर्खरै पितृबास, मृत्यु) गाइएको गीत दर्शक, श्रोता माझ लोकप्रिय छ ।
    खुवालुङ तोड्ने प्रसंग आउनु अघि यो क्षेत्रमा धार्मिक अतिक्रमण बढ्ने समस्या आएको थियो । अतिक्रमण बारे अध्ययन गर्न किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईको टोली २०७७ कार्तिकको अन्तिम साता खुवालुङको भिजिट गर्नुभएको थियो । यायोक्खा निवर्तमान केन्द्रीय अध्यक्ष (वर्तमान धरान उपमहानगर पालिका प्रमुख) तिलक राई, वर्तमान उपमहासचिव शुभचन्द्र, सचिव दोर्पध्वज कुलुङ राई, किरात राई पत्रकार संघको पूर्व केन्द्रीय अध्यक्ष (वर्तमान नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य) भीषण राई लगायतको टोली पछिल्लो प्रसंग आउनु अघिनै त्यहाँको भिजिट गर्नुभएको थियो । 

    बिराटनगरको प्रधानमन्त्रीको मन्तब्य आउनु अघि नै खुवालुङ संरक्षण पहल गर्ने उदेश्यले यायोक्खा केन्द्रीय समितिको अध्यक्ष दिवस राई, महासचिव जनक राई लगायतको मुख्य नेतृत्वहरुकै समन्वयमा २०७७ माघ १ गते यायोक्खा सुनसरी जिल्ला अध्यक्ष बलराम राईको संयोजकत्वमा खुवालुङ संरक्षण समिति गठन भइसकेको थियो । 
    यायोक्खा केन्द्रीय सचिव दोर्पध्वज राईसहितको  खुवालुङ संरक्षण टोलीले मुख्यमन्त्री शेरधन राईलाई भेटेर खुवालुङ नफुटाउन ज्ञापन पत्र दिएका थिए । पछि सोही समितिको पहलमा खुवालुङमा पु¥याइएको जेसीबि लगायतका मेसिनहरु स्थानीयले फर्काएको थियो । 

    २०७७ फागुन २१ र २२ गते सुनसरीको रामधुनी–७ मा भएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनज) १ नम्बर प्रदेश भेलामा खुवालुङ फुटाउन नहुने प्रस्ताव पारित गर्दै आदिबासी जनजाति पत्रकारहरुले सो अुनसार प्रचार थाल्यो । 

    २०७७ फागुन २८ गते किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद राई, सचिव तथा प्रचार विभाग प्रमुख अर्जुन जम्नेली राई, केन्द्रीय सदस्य नवीन राई, मोरङ जिल्ला अध्यक्ष नरहाङ राई लगायतका ५१ जनाको टोलीले खुवालुङमा पहिलो पटक यायोक्खाको झण्डा गाड्ने काम भयो । खुवालुङ संरक्षणको लागि भित्ते लेखनको काम भएको थियो । 

    यो वीचमा यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राई, उपाध्यक्ष जीवन हाताचो राई, महासचिव जनक राई लगायतको टोलीले मुख्यमन्त्री शेरधन राईसँग भेटेर खुवालुङ बारे वृस्तित रुपमा जानकारी गराउनु भयो । सोही भेटमा मुख्यमन्त्री राई र यायोक्खा टोलीको संयुक्त खुवालुङ भ्रमण गर्ने सल्लाह भएको थियो । 

    यायोक्खाको पहल र मुख्यमन्त्रीको खुवालुङ यात्रा

    सोही सल्लाह अनुसार २०७७ चैत्र १७ गते १ नम्बर प्रदेश मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला मन्त्री हिक्मत कार्की यायोक्खा अध्यक्ष दिवस, उपाध्यक्ष तिलकप्रसाद महासचिव जनक राई लगायत खुवालुङ क्षेत्रको संयुक्त भ्रमण भयो । 

    खुवालुङमा यायोक्खाद्वारा आयोजित कार्यक्रमा मुख्यमन्त्री शेरधन राईले सरकारी तहबाट खुवालुङ फुटाउने कुनै निर्णय नभएको र यसको संरक्षण गरेर जेटबोट सञ्चालन गरिने प्रतिबद्धता गर्नुभएको थियो । खुवालुङ फुटाउने होइन त्यो ठाउँलाई सांस्कृतिक, धार्मिक पर्यटकीय क्षेत्रका रूपमा वृहतर विकास गर्ने घोषणा गर्नुभयो । मुख्यमन्त्रीले सँगै आएका सप्तकोसीमा जल यातायात सञ्चालनका लागि अध्ययन गरिरहेका विज्ञ टोलीका बिपलराज पाण्डेले खुवालुङ नफुटाइ दायाँ–बायाँबाट जेटबोट सञ्चालनका गर्न सकिने बताउनु भयो । 

    यायोक्खाले खुवालुङकै सन्दर्भमा काठमाडौंमा प्राज्ञिक बहस कार्यक्रम राख्यो । खुवालुङ संरक्षणको लागि गुरु योजना निर्माण गर्न प्रदेश सरकारसँग प्रस्ताव पेश गर्नुको साथै २०७८ जेठ २३ गतेको बसेको केन्द्रीय बैठकले संस्थाका महासचिव जनक राईको संयोजकत्वमा खुवालुङ ब्यबस्थापन उपसमिति गठन भएको छ । 

    संघीय सरकारले २०७८ जेठ १५ मा प्रस्तुत गरेको आर्थिक बर्ष २०७८⁄०८९ को बजेटमा जल यातायातको लागि नदीमा रहेको अबरोध हटाइने छ भन्ने शब्द आएपछि यायोक्खाले १७ गते नै विज्ञप्ति प्रकाशन गरेर खबदारी गरेको ग¥यो । त्यसपछि भौतिक पूर्वाधार सघीय मन्त्री बसन्त कुमार नेम्वाङले जेठ १९ गते आयोजना गरेको पत्रकार सम्मेलनमा जेटबोट चलाउन निजी क्षेत्रबाट खुवालुङ फुटाउन प्रस्ताव आएपनि सरकारले अस्वीकार गरेको बताए ।  मन्त्री नेम्वाङले खुवालुङ बचाएर जलमार्ग लाने पत्रकारहरुलाई उत्तर दिनुभएको थियो । 

    प्रदेश नम्बर १ को नीति तथा कार्यक्रममा र बजेटमा खुवालुङ

    यायोक्खाको निरन्तर प्रयासपछि प्रदेश १ का प्रमुख सोमनाथ प्यासीले जेठ २७ गते प्रस्तुत गर्नु भएको आर्थिक बर्ष २०७८÷०८९ को नीति तथा कार्यक्रमको १३५ नम्बर बुँदामा सप्तकोशी नदीमा अवस्थित खुवालुङ ढुङ्गाको संरक्षण गर्दै जल यातायातसँगै त्यस क्षेत्रलाई ऐतिहासिक, धार्मिक, सांस्कृतिक पर्यटकीय केन्द्रको रुपमा बिकास गरिने उल्लेख । 

    २०७८ असार १ गते प्रदेश नम्बार १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले ल्याएको २०७८÷०८९ को बजेटको ९३ नम्बर बुँदामा किरातीहरुको मुन्दुमसँग जोडिएको खुवालुङको संरक्षणको साथै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रष्ट उल्लेख छ ।  जसको लागि बजेट विनियोजन भएको छ । 

    किराती समुदायको संस्कृति, सभ्यता र आस्थाको केन्द्रको रुपमा रहेको खुवालुङ ढुङ्गा फोड्नुको सट्टा अब सरकारले संरक्षण गर्ने भएको छ । यसको विकासको लागि बजेट नै बिनियोजन भएको छ । यसरी खुवालुङ तोड्नुको सट्टा संरक्षण र विकासको लागि बजेटको ब्यवस्थापन हुनु किरात राई यायोक्खा लगायतका समाजिक संस्थाहरुको प्रमुख भूमिका रहेको छ । 
    यायोक्खा बर्षौ अघिदेखि खुवालुङ धार्मिक अतिक्रमणको चपेटामा पर्न लागेकोमा नियमित निगरानीको साथै खबदारी गर्दै आएको थियो । माथि भनियो कि साहित्यकार, गीतकार खुक्सङ खम्बू राईले चार बर्ष अघिनै सारा किराती माझ खुवालुङ पु¥याइ सकेका थिए । 

    २०७७ फागुन ८ गते प्रधानमन्त्री केपी ओलीले विराटनगर कार्यक्रममा स्टीमर चलाउन अबरोध गर्ने नदी वीचको ढुङ्गाहरु फुटाउने अभिब्यक्ति र संघीय सरकारले आर्थिक बर्ष २०७८⁄०८९ बजेट प्रस्तुत हुँदा सोही बिषय आउँदा विरोध हुनु स्वभाविक थियो । 
    खुवालुङ फुटाउने प्रसंग आउदा कतिले खुवालुङ फुटाउन नहुने चिन्तामा आक्रोस पोखेका देखिन्थे । कतिले यो बिषयसँग जोडेर यायोक्खा के गर्दैछ, किन बोल्दैन प्रस्न गरेको पाइयो । भाषिक, धार्मिक, सांस्कृतिक संरक्षणको मुख्य उदेश्य लिएको संगठनलाई प्रस्न आउन स्वभाविक हो । 


    खुवालुङ जोगाउने, यसको संरक्षण र विकासमा विश्भवर रहेका किराती समुदायले महत्वपूर्ण भूमिका रहन्छ । यो प्रति चिन्ता, चासो सबैले गर्नु पर्दछ । तर, सामाजिक सञ्जालको केही पोष्टहरु हेर्दा यायोक्खाले केही गरेको छैन । मुख्यमन्त्री शेरधन राईले केही गरेन । जे जाति भइरहेको छ । सबै समाजिक सञ्जालको पोष्टहरुले गरिरहेको भन्ने आफै भ्रमित हुने खालको देखियो । 

    पूर्ब आर्थिक मामिला मन्त्री ईन्द्र आङ्बो लगायतको भिजिट

    प्रदेश १ का निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका माओवादी केन्द्रको संसदीय दलका वर्तमान नेता इन्द्र आङ्बो(मौसम)को संसदको टोलीको साथै युवा, विद्यार्थी, लेखक, साहित्यकारले पनि खुवालुङको भिजिट गरेर संरक्षणको लागि दबाब दिएका थिए । 
    प्रधानन्त्रीको विराटनगर मन्तब्यपछि किरात राई पत्रकार संघको पूर्व अध्यक्ष, यायोक्खा केन्द्रीय सदस्य राजेश चाम्लिङ राईले खोरखापत्र दैनिक, पत्रकार संघको वर्तमान उपाध्यक्ष अवतार राईले अन्नपूर्ण पोष्ट दैनिक र अर्जुन जम्नेली राईको ब्लाष्ट टाइम्स दैनिकमा लेखहरु प्रकाशन भयो । रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइन सञ्चार माध्यमहरुमा समाचार प्रकाशन, प्रशारण भयो । 

    के गर्दैछ यायोक्खा ? 

    अनआवश्यक आलोचनाको वीचमा यायोक्खा निरन्तर सामुदायको सार्वजनिक हितमा लागिरहेको छ । लागिरहनु पर्छ । १ नम्बर प्रदेशको नीति तथा कार्यक्रम र बजेटमा खुवालुङ आयो । यो गौरवको बिषय हो । सामुदायिक गौरव र खुशी साटासाट गरेको हेर्न पाइएको छैन । सबैतिरबाट सकारात्मक ढंगले अघि बढ्ने हो भने खुवालुङ क्षेत्रलाई विश्वभर छरिएर रहेका किराती समुदायको साझा सांस्कृतिक थलोको रुपमा बिकास गर्न सकिन्छ । 

    यायोक्खा राज्यको संविधान, नीति तथा कानुनको परिधि भित्र रहेर सामुदायिक बिषय जोडदार उठाउदै आइरहेको विदितै छ । दशकौदेखि १ नम्बर प्रदेशको नाम किरात राख्न पहल कदमी निरन्तर गर्दै आएको छ । भाषिक हिसावले विद्यालय स्तरसम्म राई समुदायले बोल्ने भाषामा पठन पाठनको लागि भइरहेको पहल अनुसार आठ भन्दा बढी भाषामा विद्यालयमा पढाइ सुरु भएको छ । 
    राष्ट्रिय जगणनाहरुमा जातिको महलमा राई, भाषाको महलमा आ–आफ्नो भाषा, धर्मको महलमा किरात लेखाउन निरन्तर पहल गर्दै आएको छ । राई समुदायमा किरात(सिरिजंगा) लिपी चलाउन अन्तिम तयारीमा रहेको छ । 

    किराती राजा यलम्बरको तस्वीर र मूर्तिमा एक रुपता ल्याउन चार किरात (लिम्बू, याक्खा, सुनुवार) लगायतसँग पहल गरेर साझा तस्वीर तयारी भएको छ । खोटाङमा आदिम किराती पूर्खा तयामा, खियामा र रैछाकुलेको मूर्ति राख्ने काम भएको छ । किराती राई समुदायको सांस्कृतिम चाड साकेलाको इतिहास लगायतको बारे छलफल तथा बहस चलाउदै आएको छ । लोक सेवाको तयारी कक्षा सञ्चालन गरेर कर्मचारीको संख्या वृद्धिको काम गरेको छ । यायोक्खा र भातृ संस्थाहरु मार्फत युवा, युवतिहरुलाई सामाजिक, सांस्कृतिक नेतृत्व विकासमा लागि रहेको छ । सांस्कृतिक चेतना कै कारण पछिल्लो सयममा यालम्बर र चिण्डोको प्रतिमा ठडिने क्रम बढ्दो छ । 


     

सम्वन्धित समाचार

मोरङ । नेपाली कांग्रेसको १४ औ महाधिवशन अन्तरगर्तको मोरङ जिल्लाभर आज वडाहरुमा उमेद्वार मनोनयन दर्ता हुँदैछ…

मोरङ । पार्टी बिभाजनपछि आफूलाई बलियो ठान्दै आएको नेकपा (एमाले) कानेपोखरीमा विद्रोह गर्दै शनिबार नेकपा (…

मोरङ । पथरी उद्योग वाणिज्य संघको निर्वाचनमा संयुक्त  प्यानलको तर्फबाट उमेद्वार बनेका धनकुमार तामाङ अध्…

मोरङ । नेत्रविक्रम चन्द (बिप्लव)ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मंगलबार भ्रष्टचार र बैदेशि…