•  पथरी
    आशन्न नेपाली कांग्रेसको चौधौैँ महाधिवेशनकालागि वडा, नगर, जिल्ला, प्रदेश र केन्द्रसम्मको नेतृत्वको आकाक्षींहरू प्रचारमा लागिरहेको अवस्था छ । चुनावी सरगर्मी बढेसँगै नेपाली कांग्रेस कानेपोखरी गाउँपालिकाको सभापतिमा कानेपोखरी–६ की मनकुमारी (मनु) गुरुङको चर्चा संगै उम्मेद्वारी दिने बताइन् ।


    लामो समयदेखि पार्टीको तल्लो स्तरमा रहेर बिभिन्न काम संगै अनुभव गरीसकेकी उनि पार्टीको १४औं महाधिवेशनमा गाउँपालिकाको सभापतिमा उम्मेदवारी दिएको बताउनुभयो । गुरुङ भन्नुहुन्छ, ‘म पार्टीमा गाउँपालिका सभापतिको भुमिका कार्यसम्पादन कुशलतापूर्वक निर्वाह, सक्रियता बढाउन, संगठन विस्तार र दर्बिलो बनाउन सभापतिमा उठेको बताइन ।’‘अहिले कांग्रेस पार्टी जति बलियो हुनुपर्ने हो त्यो हुन सकेको छैन, पार्टीमा गुठ–उपगुठ भएपनि आफु लामो समयदेखि नेपाली काङ्ग्रेस पार्टीमा कटिबद्ध, तठष्ट रहिआएको बताइन । ‘हाल सम्म पुरुषकै मात्र हालीमुहाली रहेको परस्थितीमा महीलाले पनि गर्न सक्छन भन्दै एक चोटी मौका दिनुहोस पार्टीलाई सवल र सुदृढ बनाउन सक्छु भन्ने मेरो दावी हो,’ मोरङ जिल्लाभरीका नगर र गापाबाट उनि एक मात्र महिला प्रत्ययाशी वा उम्मेद्वार हुन ।


    बिध्यार्थी जिवन देखिनै काँग्रेस भएको र अहिलेसम्म कहिँकतै विचलित नभएर निरन्तर पार्टीको हितको कामहरुमा अग्रसर भइरहेको उहाँको भनाई छ । २०५५ सालदेखि नेपाली काँग्रेसको कृयाशिल रहेको र मोरङ प्याप्शन सह–सचिव रहेक िउनि सामाजीक सेवा, सहकारी, खेलकुद, संघ–संस्था लगायत बिभिन्न क्षेत्रमा सक्रिय रहेकी उनि कानेपोखरी स्थित रहेको पल एकाडेमी बिध्यालयको निर्देशक समेत हुन ।

सम्वन्धित समाचार

गण्डकी, २८ असोज गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले धर्म, संस्कृतिको जगेर्ना गर्नु सबैको दायित्व भएको ब…

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले नेकपा एमालेका कारण तेजाब तथा अन्य घातक रासायनिक प…

भदौ २५ गते सम्पन्न वडा सम्मेलनले माओवादी केन्द्र मिक्लाजुङ्ग १ को वडा  कमिटी सर्वसम्मत रुपमा चयन गरेको …

भदौ १९ गते माओवादी केन्द्र मिक्लाजुङ्ग ९ को वडा भेलाले गौरी कान्त लम्साल संयोजक र खगेन्द्र दाहाल सहसंयोजक र…