• जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञाको अवधि थप गरेको छ । खुकुलो प्रावधानसहित मङ्गलबारबाट सात दिनका लागि निषेधाज्ञा अवधि थप गरेको हो । 
    थप गरिएको अवधिमा सार्वजनिक र निजी सवारी सञ्चालन खुला गरिएको छ । बजार पसल पनि दिनभर खुला गर्ने निर्णय भएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए । यसअघि निजी सवारीलाई जोरबिजोर नम्बरका आधारमा खुला गरिएकाे थियो । मङ्गलबारबाट सार्वजनिक यातायातका साधन पनि जोरबिजोरका आधारमा खुला गरिएको  उनले बताए । सवारीसाधन जिल्लाभर मात्रै सञ्चालन हुन पाउनेछन् ।  लामा दुरीका सवारीसाधन सञ्चालनमा भने रोक लगाइएको छ । 
    ‘सार्वजनिक र निजी सवारीसाधन जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर सञ्चालन गर्न दिने निर्णय भएकाे छ,’ उनले भने, ‘बजार पसल पनि बेलुका ६ बजेसम्म खुला गर्ने निर्णय भयो ।’ 
    कोरोना सङ्क्रमण दर घट्दै गएका कारण निषेधाज्ञाको प्रावधान खुकुलो बनाइएको उनले बताए । होटल सञ्चालन गर्ने विषयमा भने कुनै निर्णय नभएको उनले बताए । एक सातापछि निषेधाज्ञा हट्ने उनले बताए ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे—१ कि रिजु भट्टराई नेपालको प्रतिनिधित्व गर्दै विश्व सुन्दरी प्रतियोगिता भिड्…

मोरङ । मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेप…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका स्थित पशुपति सामुदायिक वन उपभोक्ता समितिले लाहा खेतीको लागि शनिवा…

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको राजनीतिमा जोडिएको   घोषणा ग…