• विराटनगरमा गुड्दै गरेको भ्यानमा आगलागी भएको छ । बिहीबार दिउँसो विराटनगर महानगरपालिका– २ बञ्जरा चोक नजिकै सडकमा गुडिरहेको को १ च ५७४४ नम्बरको भ्यानमा आगलागी भएको हो ।


    आगलागीका कारण भ्यान पूर्ण रुपले क्षति भएको छ । निषेधाज्ञा अवधीभर भ्यान घरमा थन्किएको थियो । निषेधाज्ञा खुलेपछि मर्मतका लागि ग्यारेजमा लैजानेक्रममा बाटाेमै आगो लागेको हो । गाडी घुमाएर ग्यारेजमा लैजानु भनेर पठाएको थिए,’ गाडी धनी अनुपकुमारले भने,‘ आउँदा आउँदै तार सर्टभएर आगो लागेछ ।’ 


    निषेधाज्ञा  खुलुलो भएपछि घरबाट निकालेको गाडीमा आगो लागेको उनले गुनासो गरे ।  'आज घाँम पनि लागेकाे छ, ग्यारेजमा देखाएर आउ भनेर  पठाएकाे थिए,' उनले भने, ‘यसमा कसैको दाेष छैन,एक्कासी आगो लाग्यो ।

सम्वन्धित समाचार

मोरङको उर्लाबारीमा छोराले दाउराको चिर्पट प्रहार गरेर आफ्नै आमाको हत्या गरेका छ । उर्लाबारी नगरपालिका…

झापा, माघ २९ झापाको दमक ७ स्थित त्रिगंगा कृर्षि सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा वर्तमान सचिव रहेका रा…

मोरङको पथरीशनिश्चरेस्थित डाँस मोरङगी सामुदायिक वन क्षेत्रमा भेटिएकी युवतीको मृत्यु भएको छ। मोरङको सुन्…

म्याग्दी, २५ मङ्सिर   म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक व…