• मोरङ । स्थानीय तह गठन भएपछि मोरङको कानेपोखरी गाउँपालिकामा साढे दुई करोडको वडा कार्यालय भवन निर्माण भएको छ । 

    उक्त बजेटमा निर्माण भएको चार वटा वडा कार्यालय भवनहरु आइतबार एक साथ गाउँपालिकाको जनप्रतिनिधि र कर्मचारीहरुले उद्घाटन गरी सेवा सञ्चलानको अवस्थामा पुगेको हो । 

    पालिकाको ३, ४, ६ र ७ नम्बर वडाको भवन अध्यक्ष ताराबहादुर काफ्ले, उपाध्यक्ष राजमती इङ्नाम, प्रमुख प्रशासकीय अघिकृत गायत्र श्रेष्ठ सम्बन्धित वडा अध्यक्षहरुले उद्घाटन गरेका हुन् । चार वटा भवन दुई करोड ५२ लाखमा निर्माण सम्पन्न भएको हो । 

    वडा नम्बर ३ का किर्तिमान मादेन, ४ को धनबहादुर राई, ६ को खड्गबहादुर बस्नेत र ७ का मोहन अधिकारी उद्घाटन कार्यक्रममा सहभागि थए । सबै भवनको कानेपोखरी गाउँपालिका प्रमुख ताराबहादुर काफ्लेको हातबाट रिवन काटेर उद्घाटन भएको थियो । 

    वडा नं. ६ को दुई तले ८६ लाखमा निर्माण भएको हो भने ७ को १ नम्बर प्रदेश सरकारको ५० र पालिकाको १३ लाख गरी घेराबारासहित ६३ लाखमा एक तले भवन निर्माण भएको हो । ६ नम्बर वडा कार्यालयमा पालिकाको योजना र प्राविधिक शाखा समेत राखिने कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले बताए । 

    त्यसैगरी ३ र ४ नम्बर वडाको भवन सरदर ५२ लाखको दरले निर्माण कार्य सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष काफ्लेले जनाकारी दिए । वडा नम्बर ३, ४ र ६ को भवन जिल्ला समन्वय समितिको ६० प्रतिशत र गाउँपाकिलाको ४० प्रतिशत रकमको लागानीमा निर्माण भएको हो । 


    उद्घाटन भएको सबै भवन साउन १ गतेबाट सञ्चालनमा आउने डाध्यक्षहरुले बताएका छन् । कार्यक्रममा बिभिन्न वडाका राजनीतिक दलका प्रतिनिधिहरुले पनि शुभकामना दिएका थिए ।

    साविक होक्लाबारी, केरौन, वयरवन र कानेपोखरी गाविस मिलाएर कानेपाखोरी गाउँपालिका बनाएको थियो । साबिक कानेपाखेरी गाबिसको भवनमा पालिका रहेको छ भने वडा नं. १, २ र ६ होक्लाबारी, केरौन र बयरबन गाबिसको भवनमा चल्दै आएको छ । 

    भवन नभएको ५, ३ र ७ नम्बर वडा कार्यालयहरु भाडामा रहेका थिए । अन्य वडाहरु भने बिभिन्न सामाजिक तथा सरकारी भवनहरुबाट सञ्चालनहुँदै आएको थियो । भवन निर्माण २०७६÷०७७ मा सुरु भएर २०७७÷०७८ मा सम्पन्न हुने गरी काम सुरु भएको थियो । 


     

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…