• अभिनेत्री मलिका महत्तलाई ‘नाईं नभन्नू ल ६’ बाट अफर गरिएको छ । सोको खुलासा मलिका स्वयम्ले गरेकी हुन् ।

    बिहीबार ‘तिम्रो माया’ म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा संवाददाताहरुले ‘नाईं नभन्नू ल ६’को बारेमा जिज्ञासा राख्दा सोको खुलासा गरेकी हुन् । ‘हो अफर आएको थियो । तर, पछि फेरि सिनेमाको बारेमा कुरा भएको छैन’ उनले भनिन् ।

    उनले अन्य सिनेमाबाट पनि अफर आइरहेको बताइन् । ‘अहिले थुप्रै सिनेमाबाट अफर आइरहेको छ । तर, कोरोनाले सिनेमा क्षेत्र डामाडोल छ । त्यसैले कुनै पनि सिनेमा साइन गरेको छैन’ उनले भनिन् ।

    अभिनेत्री मलिकाले सिनेमा ‘यात्रा’बाट डेब्यू गरेकी थिइन् । सिनेमाले बक्स अफिसमा औसत व्यापार गरेको थियो । यो सिनेमाबाट मलिका सिनेकर्मीहरुको नजरमा पर्न सफल भइन् । पछिल्लो समय उनी म्यूजिक भिडियोमा निकै व्यस्त छिन् ।

सम्वन्धित समाचार

गण्डकी, २२ मङ्सिर  गण्डकी प्रज्ञा प्रतिष्ठानले आगामी पुसमा नाटक लेखन कार्याशालासहितका विभिन्न छ कार्य…

ललितपुर, ३० कात्तिक  पाटनमा प्रस्तरबाट निर्मित २१ गजुरले सुशोभित कृष्ण तथा चारनारायण मन्दिर परिसर…

 ललितपुर, २२ कात्तिक   हरेक वर्ष पाटनको कृष्ण मन्दिर नजिकै रहेको ‘कात्तिक डबली&r…

मोरङ । शिल्पी कला समूहको आयोजनामा मंगलबार मोरङको पथरीशनिश्चरे–१, स्थित पञ्चायत माबिमा नाटक &lsquo…