मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी उद्योग वाणिज्य संघको १८ औं साधारणसभा भदौ २६ गते तोकिएको छ ।
पथरी उवा संघको भदौ ७ गते बसेको बैठकले आगामी २६ मा उद्घाटन र २८ गते निर्वाचन गर्ने निर्णय गरेको संघको महासचिव अशोक राईले बताए ।
निर्वाचनको लागि पञ्चायत माविका प्रधानाध्यापक संयोजक अर्जुनकुमार बुढाथोकी, सदस्य भवानी प्रसाद दुलाल र दिपेन्द्र तिम्सिना तोकेको संघको अध्यक्ष दीपक बस्नेतले बताए । नयाँ सदस्यहरुको लागि फर्म दर्ता तथा र नवीकरणको लागि २० गतेसम्म म्याद राखिएको संघले जनाएको छ ।
चुनावी साधारण सभाको मिति तोकिएसँगै संघको अध्यक्ष लगायतको पदाधिकारीहरु उठ्ने चर्चा सुरु भएको छ ।
आगामी निर्वाचनको लागि निवर्तमान अध्यक्ष दीपक बस्नेत, पूर्ब अध्यक्ष धनकुमार तामाङ र अशोक शंकरले अध्यक्ष पदमा उमेद्वारी दिने चर्चा सुरु भएको हो । बस्नेत एमाले, तामाङ कांग्रेस र शंकर माओवादी निकट ब्याबसायी हुन् ।
बस्नेत र तामाङ उवा संघको अध्यक्ष भइसकेका हुनभने शंकर जेसीजको राष्ट्रिय अध्यक्ष भइसकेका तीनै जना प्रभावशाली र लोकप्रिय उमेद्वार हुन् ।
द उद्योग वाणिज्य संघको भदौ ७ गते बसेको बैठकको निर्णय अनुसार २६ गते वार्षिक साधारणसभा हुनेछ भने २७ गते निर्वाचन सम्वन्धी सम्पूर्ण तयारीहरु पूरा गर्ने र २८ निर्वाचन हुने महासचिव अशोक कुमार राईले जानकारी दिनुभयो ।
निवर्तमान महासचिव अशोक राईले आफू अध्यक्ष पदको उमेद्वारीमा हैसिएत भएपनि सर्वसहमत भए महासचिवमा दोहोरिन सक्ने बताएका छन् । महासचिवमा रोहित बास्तोला लगायतले इच्छा ब्यक्त गरेको बुझिएको छ । पथरी उवा संघको यो निर्वाचनमा राजनीतिक दलहरुको माथिल्लो गठबन्धन अनुसार जानसक्ने सम्भावना रहेको नेकपा (एकीकृत समाजवादी)को पथरीशनिश्चरे नगर संयोजक तुलशी ढकालले बताए ।