• नेकपा माओवादी केन्द्र मिक्लाजुङ्गले सहिद परिवारलाई सम्मान गरेको छ। महान जनयुद्धको समयमा सहिद हुनुभएको महेन्द्र राईको दाजु सेखर राई,सहिद गणेश बराइलीको भाउजु मसिनि माया बिक, जेल तथा यातना पिडित कहर सिंह राईको छोरा रमेश राई र जेल तथा यातना पिडित भक्त प्रसाद राईलाई सम्मान गरेको छ ।

    नेकपा माओवादी केन्द्रको मिक्लाजुङ्ग गाउ पार्टी कमिटीले वडा भेलाको अबसर पारेर मिक्लाजुङ्ग वडा नं ५ मा बसोबास गर्ने द्वन्द्वपीडित परिवारलाई सम्मान गरेको हो।  भेलाले चित्र फुयालको अध्यक्षतामा २९ सदस्य वडा कमिटी पुनर्गठन गरेको छ ।

    भेलमा मोरङ जिल्ला कमिटी सचिवालय सदस्य प्रेम मिभक, गाउ पार्टी कमिटी वाट गोपाल नेपाली, उमेश राई, प्रदिप पौडेल र जंग खत्रीको उपस्थिति रहेको थियो। 

    माओवादी केन्द्रले मिक्लाजुङ्गमा संगठन विस्तारलाई तिब्रता दिएको माओवादी केन्द्र मिक्लाजुङ्गका नेता गोपाल नेपालीले जानकारी दिनुभयो।

सम्वन्धित समाचार

भदौ २५ गते सम्पन्न वडा सम्मेलनले माओवादी केन्द्र मिक्लाजुङ्ग १ को वडा  कमिटी सर्वसम्मत रुपमा चयन गरेको …

भदौ १९ गते माओवादी केन्द्र मिक्लाजुङ्ग ९ को वडा भेलाले गौरी कान्त लम्साल संयोजक र खगेन्द्र दाहाल सहसंयोजक र…

सिन्धुपाल्चोक जिल्ला भोटेकोसी गाउँपालिका वडा नम्बर १ को १ गाउँ पुरै माओवादीमा प्रबेश गरेको छ । द लास्ट रि…

काठमाडौं। नेकपा एमालेको विभाजन निश्चितप्राय अवस्थामा पुगको छ ।  एमालेको मूलधारबाहेक माधव नेपाल र…