• सिन्धुपाल्चोक जिल्ला भोटेकोसी गाउँपालिका वडा नम्बर १ को १ गाउँ पुरै माओवादीमा प्रबेश गरेको छ । द लास्ट रिसोर्टमा आयोजित नेकपा माओवादी केन्द्रको वडा भेला कार्यक्रममा पुरै गाउँ माओवादीमा प्रबेश गरेको हो ।

    कार्यक्रममा वडा भर रहेको माओवादी केन्द्रको समर्थकहरुको ठूलो जमात रहेको थियो भने कांग्रेस र नेकपा एमाले छोडेर सयौं मानिसहरू माओवादीमा प्रवेश गरेका थिए ।

    कार्यक्रम तथा नव प्रवेशीलाई पार्टीमा स्वागत गर्नको लागि बाग्मती प्रदेश सचिवालय सदस्य सरल सहयात्री पौडेल, भोटेकोसी गा.पा.का अध्यक्ष राजकुमार पौडेल लगायतका नेताहरुको उपस्थिती रहेको थियो।

    कार्यक्रममा समग्र लिस्तीको विकास र समृद्धिको विषयमा बहस हुनुको साथै आगामी दिनमा पार्टीलाई कसरी मजबुत बनाउने भन्ने विषयमा पनि छलफल भएको छ।

    कार्यक्रममा नेकपा एमालेका झुजारु युवा हिरा प्रधानको समूह नेकपा एमाले परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

    लिस्तिकोट गा.वि.समा अब आउँदा दिनहरुमा विकासको नारालाई अगाडि बढाउने हो भने नेकपा माओवादी बाहेक अरु विकल्प नरहेको साथै देशमा जती पनि परिवर्तन भएको छ यसको सबै कारण माओवादी रहेको स्पष्ट रुपमा बुझेको हुँदा आफू लगायत आफ्नो समूह अरु पार्टी त्याग गरी माओवादीमा प्रवेश गरेको प्रधानले बताए ।

    भाल्डुङ, पाङ्लाङ, काउले र नयाँपुल टोलको प्रत्येक मानिसहरुले माओवादी केन्द्रमा प्रवेश गरेका छन् भने छ्याङ्सिङ्ग ,तुसारे, च्याम्नासा, बशिसा, धारापानी काङ्लाङ र सेबुङ टोलका ठूलो समूह पनि पार्टी प्रवेश गरेको छ ।

    साथै अन्य भेगबाट पनि नेकपा काङ्ग्रेस, राप्रपा, नेकपा एमाले परित्याग गरी नेकपा माओवादीमा आउनेको जमात ठूलो रहेको थियो ।

    कार्यक्रममा नेता पौडेलले लिस्तिको विकास गर्नको लागि अब अधिकार भनेको टोल टोलमा जानु पर्छ भन्ने भिजनका साथ आफ्नो भनाई राखेका थिए । अन्नपुर्णटाइम्सबाट 

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…