• नेकपा माओवादी केन्द्र मिक्लाजुङ्गले सहिद परिवारलाई सम्मान गरेको छ। महान जनयुद्धको समयमा सहिद हुनुभएको महेन्द्र राईको दाजु सेखर राई,सहिद गणेश बराइलीको भाउजु मसिनि माया बिक, जेल तथा यातना पिडित कहर सिंह राईको छोरा रमेश राई र जेल तथा यातना पिडित भक्त प्रसाद राईलाई सम्मान गरेको छ ।

    नेकपा माओवादी केन्द्रको मिक्लाजुङ्ग गाउ पार्टी कमिटीले वडा भेलाको अबसर पारेर मिक्लाजुङ्ग वडा नं ५ मा बसोबास गर्ने द्वन्द्वपीडित परिवारलाई सम्मान गरेको हो।  भेलाले चित्र फुयालको अध्यक्षतामा २९ सदस्य वडा कमिटी पुनर्गठन गरेको छ ।

    भेलमा मोरङ जिल्ला कमिटी सचिवालय सदस्य प्रेम मिभक, गाउ पार्टी कमिटी वाट गोपाल नेपाली, उमेश राई, प्रदिप पौडेल र जंग खत्रीको उपस्थिति रहेको थियो। 

    माओवादी केन्द्रले मिक्लाजुङ्गमा संगठन विस्तारलाई तिब्रता दिएको माओवादी केन्द्र मिक्लाजुङ्गका नेता गोपाल नेपालीले जानकारी दिनुभयो।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…