मोरङ । मोरङको कानेपोखरी ६ बाट अमेरिकामा बनेको स्वचालित पेस्तोलसहित दुई जना युवा पक्राउ परेको छ ।
पक्राउ पर्नेमा सोही वडाको ३० बर्षिय रुद्र क्षेत्री र ४० बर्षिय पूर्णबहादुर बोहोरा रहेका छन् ।
युएस लेखिएको पेस्तोलसँगै म्याग्जिन एक थान, चार राउण्ड गोली, मोबाइल, सिमकार्ड र एक थान खुकुरी बरामद भएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी कृष्ण खड्काले जनाकारी दिए ।
पक्राउ परेको दुबै जनालाई आज (बुधबार) म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गोप्य सूचनाको आधारमा बुधबार रातिको ३ बजे रुद्र क्षेत्रीको घरबाट पेस्तोल लगायतको सामाग्री बरामद भएको प्रहरी प्रमुख खड्काले बताए । पेस्तोल कुन प्रयोजनको लागि राखिएको हो खुलि नसको प्रहरीले जनाएको छ ।