• मोरङ । मोरङको कानेपोखरीमा भएको पेस्तोल काण्डमा पूर्ण बोहोरालाई फसाउने प्रयास भएको भन्दै उनको परिवारले निष्पक्ष छानविन गरी रिहाइको माग गरेको छ । 
    मंगलबार (भदौ १५) गते राति करिव ११ बजे कानेपोखरी ६ शिवालय टोलका ३० बर्षिय रुद्र क्षेत्री(अमरा) अमेरिकामा बनेको पेस्तोल, म्यागजिन र गोलीसहित पक्राउ परेका थिए । क्षेत्रीले दिउँसैदेखि पेस्तोल देखाउदै मानिसलाई धम्काउने कार्य गरेको बुझिएको छ । क्षेत्री नेपाली कांग्रेसको जिल्ला सदस्य शेरबहादुर लिम्बूको घरमा राति नै पुगेर पेस्तोल प्रदर्शन गरेको बुझिएको छ । सोही रात रुद्रलाई घरैबाट प्रहरीले नियन्त्रणमा लिएका थिए । रुद्र क्षेत्र लामो समय जेल बसेर करिव एक बर्ष अघि छुटेर काग्रेसमै समर्थन गर्दै आएका ब्यक्ति हुन् । 
    क्षेत्रीलाई नियन्त्रणमा लिएको केही घण्टापछि इलाका प्रहरी कार्यालय पथरीले ४० बर्षिय पूर्णबहादुर बोहोरा पक्रेको थियो । क्षेत्रीले बोहोराबाट पेस्तोल लिएको प्रारम्भिक सूचनाको आधारमा अनुसन्धानको लागि नियन्त्रणमा लिएको जनाएको छ । दुबै जनालाई म्याद थप गरेर अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ । 
    प्रहरी हिरासदमा रहेका बोहोरा परिवारले बिहिबार पथरीमा पत्रकार सम्मेलन गरी पूर्णबहादुर बोहोरालाई सुनियोजित रुपमा फसाइएको भन्दै निष्पक्ष छानबिन गरी रिहाइको माग गरेका छन् । 
    पत्रकार सम्मेलनमा पूर्णको पत्नि सुनिता, दाजु महेन्द्र बोहोरा, खगेन्द्र बोहोरा (काकाको छारा), छिमेकी गौरिमान पुरी लगायतको उपस्थिति रहेका थिए ।

    बोहोरा परिवारले रुद्र क्षेत्री(अमरा)लाई प्रयोग गरेर पूर्ण बोहोरालाई फसाउने प्रयास भएको जनाएका छन् । 
    दाजु महेन्द्र बोहोराद्वारा हस्ताक्षरित विज्ञप्तिमा शिवालय टोलमा ३० बर्षदेखि बस्दै आउदा पूर्णले हालसम्म झगडा नगरेको, समाजलाई असर पर्ने काम नगरेको, अबैधानिक र अवाञ्छित कार्यमा नहिडेको दावि गरिएको छ । पूर्णले गाउँमा सामाजिक, राजनीतिक रुपमा असल छवि बनाएको दावि गर्दै हतियार रुद्रलाई दिने कुरा बिस्वास गर्न नसकिने महेन्द्र बोहोराको भनाइ छ । 
    पूर्णलाई सुनियोजित रुपमा फसाउने प्रयास भएको भन्दै बोहोरा परिवारले घट्नाको सत्यतथ्य छानविन गरी निर्दोषलाई रिहाइ र दोषि उपर कडा कारबारीको माग गरेका छन् । 
    घट्ना भएको करिव १५ दिन अघि रुद्र क्षेत्री (अमरा) मादक पदार्थ सेवान गरेको अवस्थामा पूर्णको घरैमा फसाइदिन्छु भन्दै हिडेको पत्नि सुनिताले बताइन । मादक पदार्थ सेवन गरेको सुरमा रुद्रले पूर्णलाई क्षेत्रीहरु मिलेर अरुलाई तह लगाउने कुरा गरेको बोहोराले उनको कुरा नसुनेपछि पूर्णलाईनै फसाइदिन्छु भन्दै हिडेको सुनिताको भनाइ छ । 
    प्रहरी नियन्त्रणमा रहेका पूर्णबहादुर क्षेत्री नेपाली कांग्रेस सम्बद्ध ब्यक्ति हुन । क्षेत्रीले कानेपोखरी ६ को वडा सभापति घोषणा गरेका थिए । 

    नयाँ, पुरानो कांग्रेसको द्वन्द्व
    शिवालय टोलमा नव प्रवेसी कांग्रेस कार्यकर्ताहरुको बाहुल्यता रहेको छ । त्यहाँका नव प्रवेसी नेता, कार्यकर्ता कानेपोखरी गाउँपालिका मै हैसियत स्थापित गर्न खोजिरहेका छन् । 
    नेपाली कांग्रेसको आज (भादौ १८) गते वडा अधिवेशन र त्यसपछि गाउँ समितिको अधिवेशन लागेको अवस्था छ । यही बेला पूर्णबहादुर बोहोरा पेस्तोल काण्डमा पर्नु कांग्रेस भित्रकै नियोजित योजना भएको हुनसक्ने विष्लेषण भइरहेको छ । 
    पेस्तोल काण्डपछि सोही टोलका नेपाली कांग्रेस जिल्ला समिति र संगठन बिभागका सदस्य शेरबहादुर लिम्बूले आफ्नो फेसबुक वालमार्फत राजिनामाको घोषणा गरेका छन् । कारण नखुलाइए पनि राजिनामा सोही घट्नासँग सम्बन्धित रहेको हुनसक्ने बुझिन्छ । 
    कानेपोखरी कांग्रेस पार्टी भित्रको नयाँ र पुरानो समूहले नेतृत्व तथा शक्ति हत्याउनकै लागि पेस्तोल काण्ड घटाएको हुनसक्ने विश्लेषण भइरहेको छ । 
    नयाँ कांग्रेसले पूर्ण लगायतको टिमलाई तह लगाउन वा पेस्तोल लिएर घरघरमा रुद्र जानुले पुरानो कांग्रेसले नयाँलाई हतोत्साहित गर्न कसै न सकैले रुद्रलाई प्रयोग गरेको हुनसक्ने अवस्था छ ।  

    शनिश्चरेमा पनि पेस्तोल फाइरिङ
    केही हप्ता अघि पथरीशनिश्चरे नगरको शनिश्चरे बजारको एक होटलमा पनि पेस्तोल प्रदर्शनपछि फाइरिङ भएको श्रोतले जनाएको छ । शनिश्चरे बजारपछि कानेपोखरीको शिवालय टोलमा पेस्तोल प्रदर्शन हुनुले यस क्षेत्रमा सुरक्षा चुनौति थपिएको छ । 

     

     

सम्वन्धित समाचार

निर्वाचन भनेको ढाँटेर भोट बटुल्ने बिजय जुलुस सकिएपछि भरिकस गाउँ फर्केर नआउने परम्परा छ इलाम—२ मा …

इलाम । इलाम—२ को उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्र…

इलाम । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको…

किरात राई समुदायको साझा सामाजिक संस्था किरात राई यायोक्खा संस्थागत रुपमै इलाम उपनिर्वाचनमा साझा स्वतन्त्र …