• मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरीमा आगन्तुक सहकारी संस्थाहरुको आकर्षण बन्दै गएको छ ।
    सुक्रबार(भदौ १८) पथरीमा फेरि झापा दमकको कञ्चनजंघा बहुउद्देश्यीय सककारी संस्था लिमिटेडको सेवा केन्द्र स्थापना भएको छ । 
    पथरी शनिश्चरे नगर उपप्रमख यमुना विष्ट वास्तोलाद्वारा उद्घाटन भएको कार्यक्रममा, सहकारी कर्मी विनादेवी राई लगायतले शुभकामना दिएका थिए । 
    उप्रमुख बास्तोलाले नगरको विकासका लागि सहकारी संस्थाको भूमिका महत्वपूर्ण भएपनि सहकारी सिद्धान्त र कानून अनुसार चल्नु पर्ने बताए । सहकारी संस्थाहरुले कानून बमोजिम गरे नगरेको छड्के परीक्षण समेत गरिने बिष्टको भनाइ थियो । 

    झापाको दमकमा मुख्य कार्यालय रहेको कञ्चनजंघा बहुउद्धेशीय सहकारी संस्थाको अध्यक्ष मणिकुमार भण्डारीको सभापतित्वमा उद्घाटन भएको थियो । 
    कञ्चनजंघाको ५ करोड ५६ लाख ९७ हजार ८ सय शेयर पुँजी रहेको सहकारीमा निक्षेपसहित ६८ करोड ६० लाख ३३ हजार पुँजि रहेको छ ।
    ०५६ सालमा स्थापना भएको सो सहकारीले गएको आर्थिक बर्षमा १ करोड ४० लाख ५२ हजार १३८ खुद नाफा गरेको संस्थाको बार्षिक प्रतिवेदनमा उल्लेख छ । 
    पथरीमा करिव ३ अर्ब पुँजी भएको झापा दमककै मेची बहुउद्देश्यीय सहकारी संस्था यस अघि नै पथरीमा आइसकेको छ । मेचीले संस्थाको २७ औं बार्षिक सधारण सभा भदौ पहिलो साता पथरीमा गरेको थियो ।  
    यसरी पथरीमा आगन्तुक सहकारी संस्थाहरु बढ्दै जाँदा पथरीको रैथाने सहकारीहरुलाई चुनौति थपिदै गएको छ । 
    पथरीशनिश्चरे नगरपालिकामा चार दर्जन बढी सहकारी संस्थाहरु रहेका छन । नगरका केही सहकारी संस्थाहरु सहकारी सिद्धान्त र नियम विपरित चल्दा बन्द हुने अवस्थामा पुगेका छन् । कतिपय सहकारी संस्थाले शेयर बिभाजन गरेपनि औपचारिक रुपमा बन्द नभएको र केही सहकारी झोलामा रहेको बुझिन्छ । 
    पर्याप्त अनुगमनको अभाव र नियम विपरित चलेका सहकारीहरुलाई कडाईका साथ कारबाही नहुँदा कतिपय सदस्यहरुको शेयर र निक्षेप नै डुब्ने अवस्थामा रहेको बुझिएको छ । 
    पथरीशनिश्चरे नगरमा रहेका नियमसंगत चलेका सहकारीहरुले ऋणमा १२÷१३ प्रतिशत ब्याल लिदै आएको छ भने बचतमा ५ देखि ७ प्रतिशत, बिशेष बचतमा १० प्रतिशतसम्म ब्याज दिदै आएका छन् । 
    यस्तो अवस्थामा अर्ब बढी पुँजी भएको सहकारीहरु पथरीमा आएर सदस्यहरुलाई सहज (छिटोछरितो) तरिकाले ऋण प्रदान गर्ने, सहुलियत ब्याजदरमा ऋण, बचतमा आकर्षक ब्याज दिने भएपछि रैथाने सहकारी संस्थाहरुलाई चुनौति थपिएको हो । 
    करिब एक बर्ष अघि पथरीमा सेवा केन्द्र खोलेका मेची सहकारी संस्थाले केही श्रीर्शकमा बार्षिक ८ प्रतिशतसम्म ब्याजदरमा ऋण दिने जनाएको छ । मेचीले सदस्यले सन्तान जन्माउदा, सन्तान बढेर विद्यार्थी, युवा, बृद्धाहुँदादेखि मृत्यु हँदासम्म परिवारको लागि  काषर्कण कार्यक्रम रहेको छ । मेची र कञ्चनजंघा झापा दमकदेखि नै प्रतिष्पर्धा गर्दै आएको सहकारी संस्थाहरु हुन् । 
    पछिल्लो समयमा कोरोना भाइरसको कारण सहकारी लगायतको बैंक वित्तिय संस्थाहरुमा अधिक तरलताको समस्या छ । पथरीको रैथाने सहकारी संस्थाहरुमा पनि तरलता बढीनै रहेको सहकारी कर्मीहरुले बताउदै आएका छन् । 
    यस्तो अवस्थामा अर्ब बढी पुँजी भएको दुई सहकारी सस्थाहरु पथरीशनिश्चरे नगरमा आएपछि रैथानेहरुलाई निक्के ठूलो चुनौति देखिन्छ । समय र परिस्थिति अनुसार चल्न नसके रैथाने सहकारीप्रति सदस्यको बिकर्षण हुनसक्ने खतरा देखिन्छ । 
    यस बिषयमा लर्डबुद्ध बचत तथा ऋण सहकारी संस्थाका ब्याबस्थापक गणेश बाछना राईले रैथाने सहकारीहरुले बचत तथा ऋणको ब्याजमा हेरफेर र चल्ने तरिका परिवर्तन गर्नुपर्ने अवस्था आएको बताए । नियम अनुसार चलेका सहकारीहरुलाई अगन्तुक सहकारीको खास समस्या नपार्ने राईको भनाइ छ । 
    सहुलियत ब्याजमा ऋण लगानी गर्ने र सदस्यको लागि जीवनको बिभिन्न चरणमा सहयोग गर्ने सहकारीहरुको आगमनहुनु, सहकारी वीच प्रतिष्पर्धा हुनु ऋणि सदस्यहरुको लागि खुशीकै कुरा हो । 
     

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …