• भ्रष्टचार र वैदेशिक हस्तक्षेप विरुद्ध विप्लव नेकपाको प्रदर्शन

    मोरङ । नेत्रविक्रम चन्द (बिप्लव)ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मंगलबार भ्रष्टचार र बैदेशिक हस्तक्षेप विरुद्ध प्रदशन गरेको छ । 
    पार्टीको युवा संगठन नेपाल मोरङ जिल्ला समितिको आयोजनामा विरोध प्रदर्शन गरेको हो । पथरीको यलम्बर चोकबाट सुरु गरेको ¥याली मुख्य सडक पुगेर कोणसभामा परिनत भएको थियो । 
    ¥यालीमा, बैदेशिक हस्तक्षेप—मुर्दाबाद, बढ्दो भ्रष्टचार—मुर्दावाद, एमसीसी—खारेज गर, वैज्ञानिक समाजवाद—जिन्दावाद लगायतको नारा लगाएका थिए । 
    मुख्य सडक पश्चिम बस स्टेनमा आयोजित कोणसभामा पार्टीको मोरङ जिल्ला सेक्रेटरी कृष्ण चौलागाई र आयोजक युवा संगठनको जिल्ला संयोजक सागरले मन्तब्य राखेका थिए । 
    चौलागाईले मेलिनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अमेरिकाले नेपाललाई निल्न ल्याएको योजना भन्दै तत्काल खारेजी हुनुपर्ने बताए । सरकारले जवरजस्ति पारित गरे नेकपाको नेता कार्यकर्ताहरु अझै बलिदान दिन तयार रहेको चेतावनीसमेत दिए । 
    भारतले नेपाली नागरिक जयसिंह धामीलाई तुइन काटिदिएर हत्या गर्दा सरकार उल्टै बोल्न मिल्दैन भनेर विज्ञप्ति निकालेको प्रति कडा सब्दमा विरोध गर्दै बर्तमान शासकहरुले नेपालीको सुरक्षा गर्न नसक्ने सेक्रेटरी चौलागाईको भनाइ थियो । 
    चौलागाईले पूर्ब स्वास्थ्य मन्त्री भानुभक्त कढालको नामै लिएर अर्ब बढी भ्रष्टचार गरेको भन्दै वडा, नगर÷गाउँ, प्रदेशदेखि केन्द्र सरकारसम्म भ्रष्टचारमा चुर्लुम्म डुबेको बताए । 
    निशुल्क शिक्षा, स्वास्थ्य व्यवस्था गर्नुको साटो उल्टै बेरुजु, मंहगी र भ्रष्टचारमा डुबाएको उनको भनाइ थियो । 
    दलाल संसदीय पुँजीवादी ब्यबस्था असफल भएको आरोप लगाउदै वैज्ञनिक समाजवादी विचार लिएर जनता एक पटक उठ्नुपर्ने बेला भएको बताए । 
    यो सरकारले गराउने निर्वाचनमा भाग नलिने बताउदै वैज्ञानिक समाजवादी राज्य ब्यवस्थाको लागि जनमत संग्रहमा जान टेवल टक गर्न आफ्नो संगठन तयार रहेको उनको भनाइ थियो । सरकारले झुटा मुद्धा फिर्ता लिने संम्झौता गरेपनि सभा सय नेता कार्यकर्ता जेलमै रहेको भन्दै तुरुन्त रिहाइ गर्नपर्ने जिल्ला सेक्रेटरी चौलागाईको भनाइ थियो । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…

मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थि पथरी जेसीज बर्ष २०२६ का लागि अध्यक्षमा सुमान कुरुम्बाङ लिम्बू सर्वसहमत …