• यतिबेला के गर्दै हुनुहुन्छ ? 
    पथरी उद्योग वाणिज्य संघको अध्यक्षको मनोनयन दर्तापछि उद्योगी, ब्यबसायिसँग भेट्ने, सल्लाह सुझाव लिने भइरहेको छ । निर्वाचन अघि चाँही अशक्त, विरामीहरुसँग भेट्ने, सकेको सहयोग आफै गर्ने, नत्र साथिभाईसँग संकलन गरेर उपचारमा लाग्ने । कुरा सुन्ने अस्पतालमा निशुल्क उपचारको ब्याबस्था मिलाउने जस्तो काममै हुन्छु । आफ्नो पनि हेर्ने र ब्याबसायीहरुको समस्या आए सकेको सहयोग गर्ने काममै हो । 

    के कस्ता विरामीलाई सहयोग गर्नुहुन्छ ? हालसम्म कतिलाई गर्नुभयो ? 
    यस्तैलाई भन्ने हुँदैन । स्वास्थ्यमा समस्या आएर आर्थिक अभावको कारण अस्पताल जान नसकेका । कति त समस्या लिएर आउनुहुन्छ । हेरि छाड्नु मनले मान्दैन । सकेको सहयोग आफै ग¥यो संभव नभए साथिभाईहरुलाई आव्हान गरेर भएपनि उपचारको कोशिस गर्दै आएको छु । 
    यतिलाई सहयोग गरियो भनेर हिसाव राख्ने कुरा भएन । पछिल्लो एक बर्षमा १५ भन्दा बढीलाई गरियो होला । किड्निमा समस्या आएका एक जना विरामीको लागि १५ लाखसम्म संकलन गरेर हस्तान्त्रण गरेका छौ । मैले मात्र होइन साथिभाई मिलेर घर बनाइदिने काम गरियो । जस्ता लगाइ दिएका छौ । 

    उद्योग वाणिज्य संघको निर्वाचन जिन्ते संभावना कस्तो छ ?
    साझा प्यानल बिजय हुने निश्चित छ । 

    जित्ने आधारहरु के के छन ?
    पहिलो कुरा त पथरीशनिश्चेरमा जन्मिएर सँगै हिडेका, खेलेका साथिहरु नै उद्योगी ब्याबासायी हुनुहुन्छ । निर्वाचनको सवालमा मात्र होइन । यहाँका अधिकांश ब्याबसायीहरुसँग भावनात्मक सम्बन्ध छ । 
    म अध्यक्ष हुँदा होस वा नहुँदा सूचना पाएको वा बोलाएको बखत ब्यापारीको समस्यामा घरदैलोमा पुगेको छु । अघिल्लो निर्वाचनमा अर्को पक्षमा मोर्चाबन्दी थियो । हामी एक्लै निर्वाचन लड्दा पनि झिनो मतको अन्तर थियो । त्यो बेला मैले त्यति धेरै प्रयास पनि गरिन । यो पटक माहोल भिन्नै प्रकारको छ । सबैतिर बोलाएर भोट दिन्छौ भनिरहनु भएको छ । आम ब्याबसायीहरुको साझा प्यानल भएकोले हाम्रो जित निश्चित छ ।  

    पहिला तपाई अध्यक्ष हुँदा के के गर्नुभयो ?
    अघिल्लो कार्यकालमा म अध्यक्ष भएको बेला बन्द हड्तालको समस्या थियो । चन्दा आतंक थियो । हप्तौ बन्द, हड्तालको बीचमा ब्यापारीहरु डर त्रसमा बाच्नु पर्ने अवस्था थियो । 
    त्यो बेला मैलेनै लामो बन्दको अबज्ञाको आव्हानको साथै बन्द मुक्त पथरी घोषणा गरेका थियौ । ब्यापारीहरुको पिर, मार्का र मनोभावना बुझेर म आफै सडकमै निस्केर निक्कै ठूलो रिक्स मोलेर बजार खुलाएको थिएँ । आम ब्यापारीहरुले भूल्नु भएको छैन भन्ने लाग्छ । 
    पथरी बजारमा जताजतै फोहोर मैला थुप्रिएको थियो । नगरपालिकासँग समन्वय गरेर ट्याक्टर भाडामा ल्याई फोहोर मैला फाल्ने भूमिका हाम्रो टिमले गरेको थियो । बजारलाई सफा राख्न छाडा चौपाया नियन्त्रण गरियो । जाँते मोडको सार्वजनिक सौचालय बन्द थियो । समन्वय गरेर हामीले नै खोलेका हौ । कर कार्यालय ल्याउने निर्णय हाम्रै पालामा भएको थियो । एक दुई पटक डेलिकेशन गएका थियौ । 
    संस्थाको भवन निर्माण गर्ने भनेर जाँते मोडमा माटो फिलिङ गरियो । त्यहाँ नहुने भएपछि हनुमान चौकमा नम्बरी र ऐलानीसहित १८ धुर जग्गा तीन लाख बैना भएको थियौ । पछि बैना किन फिर्ता भयो, रामरी बुझ्न पाएको छैन । सुरक्षाको लागि मुख्य सडकमा सीसी क्यामरा जडान गरियो । ब्यापारीहरुका न्यायको लागि फुल टाएमर भएको हिँडे र अझै हिड्छु । 

    अध्यक्ष जितेपछिको योजना के के छ ?
    सबैभन्दा ठूलो कुराचाही ब्यापारी, ब्याबसायीहरुको भौतिक र ब्याबसायिक सुरक्षा नै हो । दुःख, पीडामा साथ, सहयोग गर्नु पर्दछ । संस्थाको सदस्य रिना बस्नेतको जस्तो अकालमा मृत्यु हुनु हुँदैन । यस्तो कुरामा संघ अलि गम्भीर ढंगले लाग्नु पर्दछ । 
    कोरोना महामारी छ । दैनिक रुपमा एउटा ब्याबसायीले सयौ ग्राहकसँग भेट्नु पर्ने भएको हुँदा कोभिड भ्याक्सिनको आवश्यकता छ । ब्यबसायिको लागि तत्काल भ्याक्सिन लगाउन पहल गरिनेछ । 
    कोरोना हड्तालको कारण लामो समय उद्योग तथा सटर बन्द गर्नुप¥यो । यो बीचमा बैंक वितीय संस्थाहरुबाट हुँदै आएको ताखेताको सन्दर्भमा सम्बन्धित बैंक तथा वितीय संस्थाहरुसँग आवश्यक समन्वय गरेर ब्याबासायिको लागि सहज गर्नुपर्दछ । 
    सरकारले आव्हान गरे बमोजिम पथरीका ब्याबसायी नरहाङ राई लगायतका घरधनिहरुले सटरमा बस्ने ब्यापारीहरुलाई लकडाउनको बेला घरभाडा छुट गर्नुभयो । तर, आम रुपमा उद्योग वाणिज्य संघले ब्याबसायीको गुनासो सुनुवाइ भएन भन्ने गुनासो सुनियो । यस्ता बिषयहरुमा घरधनि र ब्याबसायिवीच प्रभावकारी समन्वय गर्नेछु । 
    बढ्दो कर घटाउन संघको पौच अनुसार पहल गर्नुेछु । संघमा आबद्ध सदस्यको मृत्युहुदा केही नगदसहित भेटमा जाने मै अध्यक्ष हुँदा परम्परा सुरु गरेको थिए । यस्तो कार्यक्रम अझ बढाइने छ ।  
    शरणार्थी मित्रहरु तेस्रो मुलुक पुनरबास लगायतको बिभिन्न कारण पथरी बजार खस्कदो अवस्थामा छ । कोरोना घटेपछि पथरीमा मानिसको फ्लो बढाउन आवश्यक छ । यसको लागि नगरको हरियाली, शान्ति, मनकामना, पशुपति सामुदायिक वन, भुल्के लगायतमा पर्यटकीय क्षेत्रको रुपमा विकासमा संघको तर्फबाट आवश्यक पहल लिनु पर्दछ । 
    फुटबल लगायतको खेलकुदको माध्यमबाट पनि नगरलाई चिनाउन र ब्याबसाय बढाउन सकिन्छ । खेलकुद र खेलाडिको बिकासमा हामीले जोड दिनुपर्छ । 
    नगरको बिभिन्न सहर बजारको साथै पथरीको पूर्ब र पश्चिमको जंगल(जय चौक, कानेपोखरी) स्थित मुख्य सडकमा सडक बक्ति आवश्यक छ । यसको लागि नगर, प्रदेश र केन्द्र सरकारसँ पहल गरेर बत्ति जडानमा लाग्नेछु ।  सिसी टिभी ब्यस्थित गरिने छ । हाम्रो टिमले शान्ति, सुरक्षाकोलागि बिशेष पहल गर्नेछौ । 
    टहरामा लाग्दै आएको बजार अर्कोठाउँ ब्यबस्थित नगरेसम्म विस्थापित हुन दिइने छैन । सेवा र सुरक्षाको लागि शव बाहन र दमकल आवश्यक छ । त्यो पनि पहल गर्नेछु । 
    १ )रिना बस्नेतको कुरा निकाल्नु भयो । उनको परिवारले न्याय पाए त ?
    हामी त उनको न्यायको लागि लाड्यौ । त्यो बेला बिभिन्न सञ्चार माध्यममा मैले बेलेको छु । रिनाको परिवारको न्यायको लागि हामी त आन्दोलनमै लागेका थियौ । तर, उद्योग वाणिज्य संघको तत्कालिन अध्यक्षको भूमिका कस्तो रह्यो आम ब्याबसायीहरुलाई थाहा नै होला । रिनाले जस्तो अन्याय ब्याबसायिले भोग्नु नपरोस । म न्यायको लागि रातदिन नभनि खट्नेछु । अध्यक्ष नै नहुँदा पनि खटिरहेकै छु । 

    उद्योगी, ब्याबसायीको खास समस्या के, के हुन ?
    धेरै कुरा त माथि नै आइसक्यो । फरक, फरक उद्योग र ब्याबसायवीच फरक समस्याहरु हुन्छन । साझा समस्या भनेको ब्याबसायिक र भौतिक सुरक्षा हो । 
    हिजो बन्द, हड्ताल र चन्दा चन्दा अतंक विरुद्ध मै सडकमा निस्केको कुरा सम्पूर्ण ब्याबसायीहरुलाई स्मरण गराउन चाहन्छु । नगरले बनाउने भनिएको सपिङ कम्प्लेक्स टहराका ब्यापारीहरुलाई समस्या हुनुहुँदैन । 

    संघको निर्माणाधिन भवन बारे के छ धारणा ?
    संघको भवन आम मनकारी ब्याबसायीहरुको सहयोग र सरकारको लगानीमा बन्दै गरेको सबैलाई जानकारी नै छ । त्यो ब्यक्तिभन्दा पनि संस्थालाई बिस्वास गरेर बजेट प्राप्त भएको हो । पहल गर्ने समितिलाई धन्यवाद दिनु पर्दछ । तर, त्यो कसैको ब्यक्तिगत प्रयासमा भएको होइन । निर्माणाधिन भवनलाई कम्प्लेट गर्ने कुरा सामान्य भइगयो । तर, भवन नै प्रमुख बिषय चाँही होइन । उद्योगी, ब्याबसायीहरुको भौतिक र ब्याबसायिक सुरक्षाको कुरा नै प्रमुख हो । 
    अन्तमा केही छ ? 
    कस्ले ब्यापारीको हितमा बोल्न सक्छ, समय दिन सक्छ उसैलाई भोट दिनुहोस । ब्याबसायिहरु सदस्यता रिनो गरिदिएको र पैसा लगायतको प्रलोभनमा कोही पर्नुहुन्न । मैले मेरो फेसबुक पेज मार्फत पनि लाइभमा आएर धारणा सार्वजनिक गर्दै आएको छु । ब्याबसायिको हितमा सँधैभरी लाग्नेछु । जस्तो सुकै परिस्थितिमा पनि म पथरीशनिश्चरेका आम ब्याबसायिको साथमा हुनेछु । 
    हामीसँग ओम लिम्बू, रविन राई, राजेन्द्र बस्नेत, खेमराज ढुङ्गेल, प्रेमप्रसाद सुवेदी, बिजयजंङ्ग बस्नेत लगायत सशक्त टिम रहेको हुँनाले यो साझा प्यानललाई नै अत्याधिक भोट दिएर बिजय गराउन अनुरोध गर्दै तपाईहरुको सल्लाह सुझाव अनुसार अघि बढ्नेछु । 
     

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…