मोरङ । पथरी उद्योग वाणिज्य संघको आठ सय मत गणना समापन हुँदा अध्यक्ष पदका उमेद्वार धनकुमार तामाङ २५ मतले अघि रहेको छ ।
अध्यक्षका उमेद्वार दीपक बस्नेतले ३७७ र धनकुमार तामाङले ४०२ मत प्राप्त गरेका छन् । त्यसैगरी बरिष्ठा उपाध्यक्षमा ओमप्रकास लिम्बूले ३१०, यादवचन्द्र दुलालले ४२० मत पाएका छन् ।
उपाध्यक्ष आशा राईले ४२२, रबिन राईले ३१९, महासचिव राजेन्द्र बस्नेतको ४१४, अशोककुमार राई ३२४, वाणिज्य सचिवमा खेमनाथ ढुङ्गेल २४१, ईश्वरी साप्कोटा ३०९ र टुङ्कुमार श्रेष्ठले १५६, उद्योग सचिवमा प्रेमप्रसाद सुवेदी ३४५, मानबहादुर श्रेष्ठले ३६८ मत पाएका छन् ।
कोषाध्यक्षमा बिजयजंङ बस्नेत ४०४ र उद्धवराज बस्नेत ३१० मत ल्याएका छन् ।
खुल्ला सदस्यमा इन्द्रबहादुर राई(आइबी)ले ३४८, निलम बस्नेत ४०४, हरिराज प्याकुरेल ३५६, तुलशी लुनिया ३५१, बलिदान चेम्जोङ ३०३, पृथ्वीआले मागर २६८, खेमराज निरौला ३१८, दुर्गाराज खत्रीले २५७ मत ल्याएका छन् ।
महिला सदस्यहरुमा देवि राई ४७३, जुनी थपलिया ३७४, मिता राई २८८, मुनादेवि पाण्डे २३१ मत ल्याएका छन् ।
लेखा संयोजकमा कृष्णप्रसाद भट्टराई ४१०, चन्द्रप्रसाद साप्कोटा २६४, सदस्यहरुमा प्रदिप पराजुली ३६९, कृष्णबहादुर श्रेष्ठ ३१०, एल्सन बास्तोला ३५६, सन्तबहादुर बिक २५३ मत प्राप्त गरेको छ ।
गठबन्धनमा अध्यक्ष धनकुमार तामाङ, उपाध्यक्ष ओमप्रसाद लिम्बू, खेम ढुङ्गेलसहित ११ पदमा अगाडि देखिएको छ भने उपाध्यक्ष आशा राई, लेखा संयोजक कृष्ण भट्टराईसहित ५ पदमा अगाडि देखिएको छ ।