• मोरङ । पथरी उद्योग वाणिज्य संघको पहिलो मत परिणाम सार्वजनिक भएको छ । 
    सय मतको गणनाहुँदा गठबन्धन ११ र एमाले ५ पदमा अगाडि देखिएको छ । यो प्रारम्भिक मत परिणाम हो । 
    पहिलो मत परिणाम अनुसार अध्यक्ष पदको उमेद्वार धनकुमार तामाङले ५३, दीपक बस्नेतले ४३ मत प्राप्त गरेको छ । त्यसैगरी बरिष्ठा उपाध्यक्षमा ओप्रकास लिम्बूले ४८, यादवचन्द्र दुलालले ४४ मत पाएका छन् । 
    उपाध्यक्ष आशा राईले ४७, रबिन राईले ४५, महासचिव राजेन्द्र बस्नेतको ६३, अशोककुमार राई ३५, वाणिज्य सचिवमा खेमनाथ ढुङ्गेल ३६, ईश्वरी साप्कोटा ३५ र टुङ्कुमार श्रेष्ठले १९, उद्योग सचिवमा प्रेमप्रसाद सुवेदी ४८, मानबहादुर श्रेष्ठले ४४ मत पाएका छन् । 
    कोषाध्यक्षमा बिजयजंङ बस्नेत ५५ र उद्धवराज बस्नेत ३७ मत ल्याएका छन् । 
    खुल्ला सदस्यमा इन्द्रबहादुर राई(आइबी)ले ५२, निलम बस्नेत ५१, हरिराज प्याकुरेल ४८, तुलशी लुनिया ४६, बलिदान चेम्जोङ ४०, पृथ्वीआले मागर ३६, खेमराज निरौला ३३, दुर्गाराज खत्रीले ३१ मत ल्याएका छन् । 
    महिला सदस्यहरुमा देवि राई ५४, जुनी थपलिया ५०, मिता राई ३५, मुनादेवि पाण्डे ३२ मत ल्याएका छन् । 
    लेखा संयोजकमा कृष्णप्रसाद भट्टराई ४८, चन्द्रप्रसाद साप्कोटा ३७, सदस्यहरुमा प्रदिप पराजुली ५५, कृष्णबहादुर श्रेष्ठ ४०, एल्सन बास्तोला ३६, सन्तबहादुर बिक २६ मत प्राप्त गरेको छ । 
    गठबन्धनमा अध्यक्ष धनकुमार तामाङ, उपाध्यक्ष ओमप्रसाद लिम्बू, खेम ढुङ्गेलसहित ११ पदमा अगाडि देखिएको छ भने उपाध्यक्ष आशा राई, लेखा संयोजक कृष्ण भट्टराईसहित ५ पदमा अगाडि देखिएको छ । 

     

सम्वन्धित समाचार

मोरङ । पुराना शिक्षक, कर्मचारीहरुलाई सम्मान, स्वास्थ्य पीडितलाई आर्थिक सहयोग गर्दै निजि विद्यालयहरुको साझा स…

क्वालालम्पुर- मलेसियामा कार्यरत झापा मेचिनगरका-३ स्थायीबासी निर्मल पोख्रेल परिवार बाट सम्पर्क बिहिन भएका छन…

मोरङ । पथरी उद्योग वाणिज्य संघको आठ सय मत गणना समापन हुँदा अध्यक्ष पदका उमेद्वार धनकुमार तामाङ २५ मतले अ…

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी उद्योग वाणिज्य संघको भर्खरै (मंगलबार बिहान किरव १० बजे)देखि मत गणन…