• मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी उद्योग वाणिज्य संघको भर्खरै (मंगलबार बिहान किरव १० बजे)देखि मत गणना सुरु भएको छ । 


    मग गणना स्थलमा अत्यन्तै कडाइ गर्ने निर्णयपछि गणना सुरु भएको हो । विहान ८ बजेदेखि मग गणना गर्ने अग्रिम घोषणा भएपनि उमेद्वार, निर्वाचन समिति र दलका प्रतिनिधिसहितको बैठकबसी आचारसंहिता बनाउन समय लागेको कारण गणना २ घण्टा पछि सरेको हो । मत गणना सुरु भएपनि यो समाचार तयार पार्दासम्म परिनाम सार्वजनिक भएको थिएन । 
    गणना स्थालमा नगर प्रमुख, उपप्रमुख लगायतको जनप्रतिनिधिहरु, उमेद्वार, सञ्चारकर्मी कसैलाई छिर्न नदिने निर्णय भएको निर्वाचन समितिको संयोजक अर्जुन बुढाथोकीले जानकारी दिए । 
    प्रत्येक सय भोट गन्दा बुलेटिन सार्वजनिक गर्ने निर्णय भएको बताइएको छ । 


    निर्वाचनमा एमाले एकातिर र कांग्रेस, एमाओवादी, नेकपा एस र जसपा अर्कोतिर भएर निर्वाचन लडेका छन् । गणना केन्द्रमा दलको प्रतिनिधिहरु बस्न पाउँदा संयुक्त प्यानलको प्रनिनिधि बढी हुने भएपछि एमाले तर्फका उमेद्वार र नेताहरुले उमेद्वारको प्रतिनिधि बाहेक अरु बस्न नपाउने अडान राखेपछि सोही अनुसार निर्णय भएको सहभागी एक नेताले जानकारी दिए । 
    निर्वाचनमा मतदानदेखि हरेक समय धाँदली हुन खोजिरहेको भन्दै सोमबार साँझ कांग्रेस सम्बद्ध युवाहरुले नारा लगाएका थिए । युवाहरुले मतदान सकिएपछि सरासर गणना हुनुपर्ने माग राख्दै निर्वाचन समिति संयोजक अर्जुन बुढाथोकी विरुद्ध केहीबेर नारा जुलुस गरेका थिए ।  मतदान दिनभर शान्तिपूर्ण रुपमा समापन भएपनि संयुक्त प्यानल र एमाले दुवै तर्फका युवाहरु निर्वाचन क्षैत्रमा तैनाथ देखिन्छ । 


     

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…