• मोरङ । स्थानीय तह निर्वाचनको झल्को दिनेगरी मोरङको पथरीशनिश्चरे स्थित पथरी उद्योग वाणिज्य संघको सोमबार(भदौ २८) अबेरसम्म मतदान भएको छ । 
    उवा संघको यो निर्वाचनमा चार वटा एकतिर र एउटा अर्कातिर गरी दुई प्यानलवीच भएको हो । पथरीको सरस्वति गेष्ठ हाउस (संघको कार्यालय)मा बिहान ८ बजेदेखि साँझ साढे ७ बजेसम्म मतदान भएको थियो । 
    एक हजार ७२० मतदाता रहेकोमा एक हजार ४५८ मत खसेको निर्वाचन समितिका सदस्य दीपेन्द्रराज तिम्सिनाले बताए । यो टोटल मतको ८४.७६ प्रतिशत हो । 
    आज(सोमबार)राति जनपथ, शसस्त्र प्रहरी र दुवै पक्षको स्वयम सेवकहरुले मतदान भएकै स्थलमा सुरक्षा दिने र बिहान ८ बजेदेखि मत गणना गर्ने निर्वाचन समितिको संयोजक अर्जुन बुढाथोकीले बताए ।  

    यो निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एस र जसपाको संयुक्त र अर्कोतर्फ एमालेवीच निर्वाचन भएको हो । 
    संयुक्त प्यानलको तर्फबाट अध्यक्षमा धनकुमार तामाङ र एमालेबाट दीपक बस्नेतको नेतृत्वमा निर्वाचन भएको थियो । मतदान सकिएसँगै संयुक्त टोलीले प्यानलै जित्ने दावि गरेको छ भने एमालेले आफूहरु कडा प्रतिष्पर्धामा रहेको जनाएको छ । 


    मतदान केन्द्रमा दलका नेताहरुको उपस्थिति, ब्याबसायीको सक्रीयता र युवा परिचालन हेर्दा स्थानीय तहको निर्वाचनको झल्को दिन्थ्यो । केपी ओली सरकारबाट बाहिरिएपछि राष्ट्रिय रुपमा बढेको तकराव पथरी उद्योग वाणिज्य संघको निर्वाचनमा प्रष्ट रुपमा झल्किन्थ्यो । 


    मतदान केन्द्रमा विहानै देखि दुवै तर्फको छुट्टाछुट्टै स्टल राखिएको थियो भने तुल तथा ब्यानर राखिएको थियो । स्टलमा आएका भोटर्स हेर्दै मत कता बढी खस्यो अनुमान गर्नेहरु पनि उत्तिकै देखिन्थे । 
    मतदान केन्द्रमा निवर्तमान मुख्यमन्त्री शेरधन राईको जनसम्पर्क प्रमुखसमेत रहेका एमाले १ नम्बर प्रदेश समिति सदस्य रामकुमार बस्नेत, प्रदेश सदस्य युवराज बस्कोटा, नगरप्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना बिष्ट, नेपाली कांग्रेस ३ नम्बर क्षेत्रीय सभापति गणेश खड्का, नोवेल अस्पताल संचालक(कांग्रेस नेता) सुनिल शर्मा, माओवादी केन्द्रका जिल्ला सदस्य तथा नगर ईन्चार्ज दिनानाथ तिम्सिना, नेकपा एसका जिल्ला उपाध्यक्ष चण्डिप्रसाद राई, सदस्य टंक भण्डारी, जनता समाजवादी पार्टीको केन्द्रीय सदस्य लोकसागर साम्बा लिम्बू लगायत नेताहरु दिनभर मतदान केन्द्रमै रहेका थिए । 
    आचार्य र धिमालको भोट कस्ले हानिदिए ?
    मतदान केन्द्र दिनभर शान्तिपूर्ण रुपमा सकिएपनि केही मतदाता भोट हान्न जाँदा थाहै नपाई अर्केले हानिदिएको पाइएको छ । 
    यसरी आफ्नो भोट अर्कैले हानिदिएपछि मतदान गर्नबाट बञ्चित भए आर्जिल सु सेन्टरका प्रोपाइटर पुष्प आचार्य ।

    उनी करिव ३ बजेति भोटहाल्न जाँदा ७४९ नम्बरको आफ्नो नाममा अर्केले भोट हानि सकेको पाइएपछि त्यसै फर्किनु परेको उनले बताए । भोट कस्ले हाने पत्ता नलागेको आचार्यको भनाइ छ । 


    आचार्य मात्र होइन पीबी गृल उद्योगको सञ्चालक बिष्णुबहादुर धिमालको पनि त्यस्तै भयो । भोट हाल्न भनेर मतदान केन्द्र पुग्दा अघिनै भोट हान्दि सकेको धिमालले बताए । यी दुबै भोट आफैले हाल्न पाएको भए चार पार्टीको संयुक्त प्यानलको (धनकुमार तामाङ नेतृत्वको) भएको बुझिएको छ । 


    निर्वाचनमा संयुक्त प्यानललाई सहयोग गर्दै आएका सुविन पराजुलीले दुबै जनाको भोट एमाले सम्बद्ध उमेद्वारको लागि हानिएको हुनसक्ने बताए । अर्काको नाममा दुई जनाको फेक भोट हालेको पत्ता लागेपनि यस्तो थुप्रै भएको हुनसक्ने पराजुलीको भनाइ छ । उनले यो धाँदलीकै रुप भएको बताए । काठमाडौमा भएको सदस्यहरुको नाममा पनि एमालेको तर्फबाट अध्यक्ष पदको उमेद्वार दीपक बस्नेतलाई भोट खसेको प्रमाणित भएको पराजुलीको भनाइ थियो । मतदाता साँझ साढे ७ बजेसम्म लाइन लागेर भोट खसाएका थिए । 


     

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…