• मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी उद्योग वाणिज्य संघको सोमबार (भदौ २८) दुई प्यानलवीच चुनावी भिडन्त हुँदैछ । 
    चुनावी मैदानमा संयुक्त प्यानल (नेका, माओवादी केन्द्र, नेकपा एस र जसपा)को नेतृत्व धनकुमार तामाङले गरेका छन भने एमाले सिङ्गल प्यानलको निवर्तमान अध्यक्ष दीपक बस्नेतले नेतृत्व लिएका छन् । तामाङ र बस्नेत दुवै अध्यक्ष पदको प्रत्यासी हुन् । 
    पथरी उवा संघको विधान अनुसार ७ पदाधिकारी, छ सदस्य र संयोजकसहित तीन लेखा समिति गरी १६ जनाका निर्वाचित हुनुपर्नेमा ३३ जना चुनवाी मैदानमा भिड्दैछन् । 
    वाणिज्य सचिवमा बाहेक सबै पदमा दुई प्यानलको उमेद्वारी छ । 
    बरिष्ठ उपाध्यक्षमा संयुक्त प्यानलको तर्फबाट ओमप्रसाद लिम्बू, एमालेको तर्फबाट यादवचन्द्र दुलाल, उपाध्यक्षमा संयुक्तको रबिन राई, एमालेबाट आशा राईवीच भिडन्त हुदैछ । 
    महासचिवमा राजेन्द्र बस्नेत र अशोककुमार राईवीच प्रतिष्पर्धा हुँदैछ । वाणिज्य सचिवमा संयुक्त प्यानलको खेमनाथ ढुङ्गेल, एमालेबाट ईश्वरी साप्कोटावीच प्रतिष्पर्धा हुँदैछ भने यो पदमा टुङ्कुमार श्रेष्ठ(कुमार)को स्वतन्त्र उमेद्वारी रहेको छ । 
    उद्योग सचिवमा संयुक्त प्यानलबाट प्रेमप्रसाद सुवेदी र एमालेको तर्फबाट मानबहादुर श्रेष्ठ भिड्दैछन । कोषाध्यक्षमा संयुक्तको बिजयजंङ्ग बस्नेत र एमालेको तर्फबाट उद्धवराज बस्नेत चुनावी मैदानमा रहेका छन । 
    खुल्ला चार सदस्यमा संयुक्त प्यानलको तर्फबाट ईन्द्रबहादुर राई, तुलशी लुनिया, पृथ्वी आले मगर, वलिदान चेम्जोङ रहेका छन भने एमालेको तर्फबाट खेमराज निरौला, दुर्गाराज खत्री, निलम बस्नेत र हरिराज प्याकुरेल रहेका छन् ।
    त्यसैगरी महिला दुई सदस्यमा संयुक्त प्यानलको तर्फबाट जुनि थपलिया, मुनादेवि पाण्डे छन भने एमालेको तर्फबाट देवि र मिता राई रहेका छन् । 
    लेखा संयोजकमा संयुक्त प्यानलबाट चन्द्रप्रसाद साप्कोटा र कृष्णप्रसाद भट्टराई, सदस्यहरुमा संयुक्त प्यानलका प्रदिप फुयाल, शान्तबहादुर विश्वकर्मा र एमालेको तर्फबाट एक्सन बाँस्तोला, कृष्णबहादुर श्रेष्ठवीच प्रतिष्पर्धा हुँदैछ । 

    दुबै पक्षको जित्ने दावि
    निर्वाचनमा आफू र आफ्नो पक्षलाई कसैले कमजोर ठान्दैन । कमजोर लागेपनि भन्न मिल्दैन । पथरी उद्योग वाणिज्य संघको यो निर्वाचन अघिल्लो निर्वाचनहरु भन्दा निक्कै पेचिलो बनेको छ । 
    एमाले एक्लैले चुनाव जित्ने दावि गर्दै आएको छ । अर्को कांग्रेस, माओवादी, नेकपा एस र जसपाको संयुक्त टोलीले त झन हार्ने कुरै गर्दैनन । 
    दावि आ—आफ्नो भएपनि संघमा आवद्ध सदस्यहरुले भोट कसरी खसाल्छन भन्ने कुरा अव बढीमा दुई दिन कुर्नु पर्नेहुन्छ । अघिल्लो निर्वाचनहरुलाई हेर्ने हो भने पार्टीले गरेको निर्णय वा विचारकै आधारमा मतदान हुँदै आएको थियो । 
    संघको यो निर्वाचनमा एकाथरीले पार्टी, विचार भन्दा कामलाई हेरेर मतदान गर्ने दावि गर्दै आएका छन भने अर्का पक्षले सदा झै विचार र आस्थाकै आधारमा मतदान हुने तर्क प्रस्तुत गर्दै आएका छन् । 

    दुबै पक्षको आक्रमक प्रचार सैली
    मनोनयन दर्तापछि दुबै पक्षले आक्रमक सैलीमा प्रचार गर्दै आएका छन् । 
    सामाजिक सञ्जाल फेसबुक, ट्वीटरको साथै टिकटकलाई प्रयोग गरेर आफ्नो पक्षलाई विजय गराउन उमेद्वारहरु लागि रहेका छन् । त्यसैगरी प्रतिबद्धता पत्र, पम्प्लेट, पाइकिङ्गको साथै घरदैलो कार्यक्रम हेर्दा स्थानीय तहको चिर्वाचन झल्को दिने गरी प्रचारमा उत्रेको देखिन्छ । 

    यो निर्वाचनले स्थानीय तहलाई प्रभाव पर्ने
    यो निर्वाचन राष्ट्रिय राजनीतिक परिस्थित अनुसार नै एकतिर चार र अर्कोतिर एक पार्टीवीच प्रतिष्पर्धा हुन लागेको हो । 
    शक्ति सन्तुलनको हिसावले हेर्दा निक्कै मत अन्तरमा बिजय र पराजय हुनुपर्ने अवस्था देखिन्छ । यद्यपि कतिपयले मुख्य तीन पदमा एउदै समुदायबाट चुनावी मैदानमा जानुलाई सञ्जोग नमानेर फरक नजिता पो आउँछ कि भन्ने आँकलन समेत सुनिन्छ । 
    चार संगठन एकातिरहुँदा पनि एमाले सम्बद्ध ब्याबसायीको प्यानलले बिजय गरेमा खड्गप्रसाद ओली नेतृत्वको संगठन प्रदेश मात्र होइन देश ब्यापी शन्देस जानेछ । त्यही शन्देस दिन एमाले सम्बद्ध नेता, कार्यकर्ता र ब्याबसायीहरु लागि परेको देखिन्छ । 


    यता वामपन्थि वीचको बिभाजन र राष्ट्रिय प्रतिकुल अवस्थामा देशको बागडोर समाल्न आएका कांग्रेस जुनसुकै निर्वाचन चाँडो, चाँडो होस भन्ने मानसिकतामा देखिनु स्वभाविक हो । यही बेला पथरी उद्योग वानिज्य संघको निर्वाचन कथंम कदाचित प्यानल पराजय भोग्नु प¥यो भने त्यसको प्रत्यक्ष असर आउनै लागेको स्थानीय तहको निर्वाचनमा स्वतह पर्न जानेछ । 
    स्थानीय तह लगायतको निर्वाचनमा आफ्नो पोजिसन बलियो बनाउन पनि कांग्रेस अरुवेला भन्दा अझ एकताबद्ध भएर धनकुमार तामाङलाई बढाएको बताउछन् । माओवादी, नेकपा एस र जसपा पनि एकताबद्ध भएर लागेकोले पथरी उवा संघमा संयुक्त प्यानल बिजय हुनेमा कुनै दुविधा नरहेको ती पक्षका नेताहरु बताउछन । 
    अघिल्लो निर्वाचनमा कम्युनिष्ट पार्टीहरु एकातिर र कांग्रेस एक्लै लड्दा दीपक बस्नेतसँग ९५ मतले मात्र धनकुमार तामाङ पाराजित भएका थिए । यही आधारले पनि संयुक्त प्यानल बिजय हुनेमा कुनै शंका नभएको उनीहरुको आंकलन छ । 
    निर्वाचनको मतदान सोमबार (भदौ २८) बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सरस्वति गेष्ट हाउस(संघको कार्यालय)मा हुने र मतगणना २९ गते बिहानदेखि मात्र हुने निर्वाचन आयोगले जनाएको छ । 
    अघिल्लो निर्वाचनमा ७४४ मतदाता रहेका थिए भने यस बर्ष १३४ (आजीवन सदस्य) र १५ सय ८६ साधारण गरी १७ सय २० मतदाता रहेका छन् । 

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…