• मोरङ । मोरङको पथरीशनिश्चरे—४ मा आधारभूत स्वास्थ्य केन्द्र स्थापना भएको छ । 
    संघीय सरकारको योजना र आर्थिक लगानीमा निर्मित भवनमा सुक्रबार केन्द्रको औपचारिक उद्घाटन भएको हो । स्थानीय चन्द्रप्रसाद अधिकारीले दिएको अढाइ कट्ठा जग्गामा भवन निर्माण भएको थियो । 
    वडा नम्बर ४ को आयोजनामा भएको उद्घाटन कार्यक्रममा नगर प्रमुख दिलिपकुमार राईले स्वास्थ्य केन्द्रलाई जग्गा दाता चन्द्रप्रसाद अधिकारीको लागि १ नम्बर प्रदेशको जुनसुकै अस्पताल जानुपरेमा आजीवन एम्बुलेन्स सेवा निशुल्क ब्यबस्था गर्ने घोषणा गरे । 
    वडा नम्बर ४ का अध्यक्ष गोविन्द भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा उपप्रमुख यमुना बिष्ट बास्तोला, संविधानसभा सदस्य लालबहादुर सुश्लिङ मगर लगायतले शुभकामना दिएका थिए । 
    कार्यक्रममा वडा कार्यालयले जग्गा दाता चन्द्रप्रसाद अधिकारीलाई दोसल्लासहित र स्वास्थ्य स्वय सेबिका निर्मला भट्टराई, सुकुकुमारी राई, ज्ञानुकुमारी मगरलाई सम्माण पत्रले सम्माण गरिएको थियो । सम्मानित स्वयम सेविका निर्मला भट्टराईले वडा अध्यक्ष गोबिन्द भण्डारीले आफूहरुलाई भौतिक सम्मान मात्र नभएर आत्मा सम्मान गरेको भन्दै प्रसंशा गरिन । 
    आधारभूत स्वास्थ्य केन्द्रमा एक जना अहेब, अनमी र कार्यालय सहयोगीको दरबन्दी हुनु पर्नेमा तत्काल अहेब पिताम्बर थापा मात्र छन् । केन्द्रमा कर्मचारी थप्न वडा अध्यक्ष भण्डारीले माग गरेका छन् ।  नगरको १० वटै वडामा आधारभूत स्वास्थ्य केन्द्र रहेको छ । 

सम्वन्धित समाचार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग…

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने विषयमा सहमति जुटेको छ…

काठमाडौं । हरितालिका तिज पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि मूल मन्दिरका चार ढोका बिहान ३ …

काठमाडौ । सम्झौताअनुसार काम नगर्ने कान्छाराम कन्स्ट्रक्सनसहित २२ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई …