• मोरङ । आउनै लागेको क्रियासिल सदस्य रोकिएको भन्दै विरोध सभा सुरु भएपछि मोरङको कानेपोखरी कांग्रेसको अधिवेशन अनिश्चित भएको छ । 


    कानेपोखरी गाउँपालिका ५ र ७ नम्बर वडाका सन्तोष सुरुङ लगायत १० बढिको नाम क्रियासिल सदस्य १ नम्बर प्रदेश सांसद सुयर्माराज राईले रोकेको भन्दै विरोध सुरु भएपछि अधिवेशन अनिश्चित भएको हो । सुक्रबार सन्तोष गुरुङ लगायतका युवाहरुले आइतबारेमा बृहत विरोध सभा गरेका थिए । 
    सभामा कानेपोखरी गाउँ समिति सभापति योगेन्द्र दाहाल, ७ नम्बर वडा सभापति रन्त भुजेल लगायतको उपस्थितिमा विरोध   भएको थियो । कार्यक्रममा सन्तोष गुरुङले क्रियासिल सदस्यता विवाद समाधान नभएसम्म कुनै हालतमा गाउँ अधिवेशन हुन नदिने बताए । 


    कार्यक्रममा करिव चार सय कांग्रेस नेता, कार्यकर्ताको सहभागिता रहेको थियो । 
    कानेपोखरी ७ का सन्तोष गुरुङ, जीवन परियार, नवीन लिम्बू, ५ नम्बर वडाका दीपक राई, दशराज राई, मनोज राई, रबिन, श्याम राई लगायतको क्रियासिल सदस्यता आउनै लाग्दा कानेपोखरी नै घर भएका प्रदेश सांसद सुयर्माराज राईले निवेदन हालेपछि रोकिएको भन्दै युवाहरु आक्रोशित भएका हुन् । 


    सुक्रबार आयोजित विरोध सभामा सुयर्माराज राई विरुद्व आक्रोस पोख्दै कुनै हालतमा अधिवेशन हुन नदिने बताएका थिए । गुरुङले गाउँ सभापति योगेन्द्र दाहाल, वडा सभापति रत्न भुजेल लगायत कांग्रेस नेता कार्यकर्ताहरुको साथ रहेको भन्दै अधिवेशन हुनै नदिने गुरुङ लगायतका युवाहरुले बताएका छन । 
    विरोध गर्ने समूहले सुयर्माराज राईले चाहेको खण्डमा छुटफुट भएको भनेर केन्द्रमा पहल गर्दा मिल्न सक्ने भनाइ छ । 


    यता सुयर्माराज राईले भने कानेपोखरी गाउँ सभापति दाहाल र क्षेत्रीय सभापति गणेश खड्काले पार्टीको विधि, विधान बिपरित नाम सिफारिस गरेकोले केन्द्रीय टालीले छानविन गर्दा समेत विधिमा नरहेको पाएपछि रोकिएको बताए । राईले वडा समितिले उजुरी दिएको र स्पष्टीकरण दिन आफू केन्द्रीय समितिसम्म गएको स्वीकार गरे । 
    अर्कोपक्षले अधिवेशन रोकिने चेतावनी दिइरहँदा राईले भने केन्द्रले तोकेको अधिवेशन रोक्छु भन्नेहरु कांग्रेस हुन नसक्ने प्रतिक्रिया दिए । राईले कांग्रेस भित्र अर्को पार्टीका नेताहरु कांग्रेस कमजोर बनाउन लागि परेको समेत जानकारी दिए । 


    पार्टीको ७ नम्बर वडा सभापति रत्नबहादुर भुजेलले अशोज १ गते नै विज्ञप्ति प्रकाशन गरी प्रस्तावित क्रियासिल सदस्यमा नाम आएपनि अन्तिम नामवलीमा नआएकोले ध्यान आकर्षण भएको भन्दै पार्टीमा लामो समयदेखि खटेका साथिहरुको नाम समावेश  गरेर पुन प्रकाशन गर्न गाउँ, क्षेत्र, जिल्लाहुँदै केन्द्रीय समितिलाई अनुरोध गरेको छ । 
    प्रदेश सांसद राई कोइराला पक्ष(पुरानो संस्थापन) र गाउँ सभापति दाहाल, क्षेत्रीय सभापति गणेश खड्का देउवा पक्ष (नयाँ संस्थापन) भएको बुझिएको छ । दुई पक्षवीच विवादले तोकिएको मितिमा अधिवेशन हुने बिषयमा दुविधा पैदा भएको हो । 


    कांग्रेस अधिवेशन कै बिषयलाई लिएर भदौ १५ गते राति करिव ११ बजे कानेपोखरी ६ शिवालय टोलका ३० बर्षिय रुद्र क्षेत्री(अमरा) अमेरिकामा बनेको पेस्तोल, म्यागजिन र गोलीसहित पक्राउ परेका थिए । क्षेत्रीको प्रारम्भिक बयानको आधारमा इलाका प्रहरी कार्यालय पथरीले ४० बर्षिय पूर्णबहादुर बोहोरालाई समेत पक्रेर अनुसन्धानको क्रममा छ । 
    पेस्तोल क्षेत्री पक्राउ परेदेखि नै बोहोराले दिएको भन्न नछाडेको तर बोहाराले अस्वीकार गर्दै आएको बुझिएको छ । 

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…