• मोरङ । पुराना शिक्षक, कर्मचारीहरुलाई सम्मान, स्वास्थ्य पीडितलाई आर्थिक सहयोग गर्दै निजि विद्यालयहरुको साझा संगठन प्याव्सन पथरी शनिश्चरे
    नगर समिति मोरङको दोस्रो  अधिवेशनको समापन भएको छ । 
    बिहिबार पथरी स्थित भएभरेष्ट बोर्डिङ स्कुलको सभाहलमा भएको उद्घाटन कार्यक्रममा धरानको बीपी अस्पतालमा उपचाररत कलेजो रोगबाट पीडित पत्रकार बिजय खम्बू राईलाई ११ हजार सहयोग हस्तान्त्रण गरिएको थियो । ३३ बर्षिय पत्रकार खम्बू राई आर्थिक अभावको कारण उपचारको लागि समस्या हुँदै आएको थियो । बिजय खम्बू राई उपचार कोष समितिको संयोजक अर्जुन जम्नेली राईलाई प्याव्सन पथरीशनिश्चरेका निवर्तमान अध्यक्ष उपेन्द्र कडेलको हातबाट सो बराबरको चेक हस्तान्त्रण भएको थियो । 
    उद्घाटन कार्यक्रममा करिव २३ बर्षदेखि निरन्तर एभरेष्ट बोर्डिङ स्कुलमा कार्यरत कर्मचारी कुन्ता गुरुङ, शिक्षक जगनाथ नेपाललाई दोसल्लाह र सम्मान पत्रले सम्मान गरिएको थियो । 
    कोरोना भाइरसले सताएको बेला जनतालाई राहत दिनको लागि पथरीशनिश्चरे नगरपालिकालाई प्याब्सनले साढे पाँचलाख नगद सहयोग उपलब्ध गराएको, कोरोना पीडित मिक्लाजुङ प्याब्सन अध्यक्ष बिकास गुरुङलाई एक लाख बढी आर्थिक सहयोग गरेको सुरेन्द्र लिम्बूद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । यद्यपि उपचारको क्रममा गुरुङको मृत्यु भएको थियो । 
    प्याब्सन पथरीले पथरीशनिश्चरे—५ को जनता आविका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको, खेलकुद विकासको लागि अन्तर विद्यालय नकआउट फुटबल प्रतियोगिता गराएको लगायतको विवरण उल्लेख छ । 
    उपेन्द्र कँडेलको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अथिति पथरशनिश्चने नगर उपप्रमुख यमुना विष्ट बास्तोलाले शैक्षिक स्तर उकास्न लागिपर्ने बताएकी छन् । 
    नगरको शिक्षा समितिमा आफू बस्न चाँहदा मेयरले त्यो वातावरण नबनाएको गुनासो गर्दै आफूहरु प्राथमिक विद्यालय पढ्न उर्लाबारी धाएको स्मरण गर्दै नगरमा सरकारी र निजी गरेर ६७ वटा विद्यालय हुनु खुसीको कुरा भएको बताए । 
    उपप्रमुख बिष्टले देश कर्मचारीको हातमा रहँदा सरकारी विद्यालयका केही शिक्षकले ३ महिनामा एकैपटक हाजिर गरेर तलव खाने गरेको भन्दै अव त्यस्तो गर्न नहुने बताए । राजनीतिक पौजको आधारमा त्यस्ता काम गर्नु नैतिकहिन कार्य भएको बिष्टको भनाइ थियो । निजी तथा सरकारी विद्यालयहरुमा अध्ययनरत सबैलाई कोरोनाको खोप लगाउन पहल गर्ने बताए । 
    नगरको शिक्षा विभाग प्रमुख (उपसचिव) सालिग्राम काफ्लेले सरकारको नम्स भित्र रहेर शैक्षिक क्षेत्रलाई सहज गर्ने कोशिस गरेको बताए । संघीयता लागू भएपछि देशमा शिक्षा क्षेत्रमा भएको दरबन्दी मिलन सहज भएको उल्लख गर्दै नगरमा शिक्षा क्षेत्रमा रहेको विकृतिको अन्त्य गर्न लागि परेको काफ्लेले बताए । 
    कार्यक्रममा नगरको शिक्षक महासंघको अध्यक्ष अर्जुन बुढाथोकी, ऐन प्याब्सनका नगर अध्यक्ष थिरप्रसाद आचार्य लगायतले शुभकामना ब्यक्त गरेका थिए । 

    प्यब्सनको नयाँ समितिमा लिम्बू
    पथरीनिश्चरे नगर प्यब्सनको दोस्रो अधिवेशनले सुरेन्द्र लिम्बूको अध्यक्षतामा सर्वसहमत नयाँ कार्यसमिति चयन गरेको छ । 
    समितिको सचिवमा सन्तोष बस्नेत, कोषाध्यक्षमा खड्गबहादुर श्रेष्ठ, सदस्यहरुमा सुजन बास्तोला, भोगेन्द्र बस्नेत, दुर्गाप्रसाद ढकाल सर्वसहमत चयन भएका छन् । एक सदस्य नयाँ समितिले मनोनित गर्ने निवर्तमान अध्यक्ष उपेन्द्र कडेलले बताए । पथरीशनिश्चे प्याब्सनमा नगरमा रहेका २२  वटा विद्यालय आवद्ध रहेको छ । 


     

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…