• क्वालालम्पुर- मलेसियामा कार्यरत झापा मेचिनगरका-३ स्थायीबासी निर्मल पोख्रेल परिवार बाट सम्पर्क बिहिन भएका छन। रोजगारीको शिलसिलामा ३ बर्ष अघि मलेसिया पुगेका निर्मल गत जुलाई ६ तारिक बाट एकएक सम्पर्क बिहिन बन्न पुगेका हुन।

    मलेशियामा अवैधानिक तबरमा रहेर सुरक्षागार्ड कम्पनिमा काम गरीरहेका पोख्रेल सम्पर्क बिहिन बन्न पुगेपछि परिवारमा चिन्ता बढेको छ। १७ बर्ष अघि इन्डोनेसियाली महिला अनि सङ लगनगाठो कसेका पोख्रेल र अनिको एक छोरा समेत छन।

    करिब ३ महिना यता निर्मल आफ्ना आफन्त साथी भाइ कोहि सङ पनि सम्पर्कमा नरहेको उनकी श्रीमती अनि पोख्रेलले बताईन।अनि हाल झापा मेचिनगरमै निर्मलको फोन कुरेर बसिरहेकि  छिन।

    कोरोना भाईरसले गर्दा घर ब्याबहार चलाउन एकदम समस्या छ।कमाउन गएका मान्छेले खर्च नपठाई दिदा र सम्पर्क बिहिन हुदा उतिकै मानसिक तनाब बढेको छ।"अनिले फोन सम्पर्कमा भनिन"। 

    छोरो ८ कक्षामा पढ्दै छ बिध्यालयको फी र अध्यनका लागि आवस्यक सामाग्री किन्न खर्च छैन, निर्मल सम्पर्कमा नआए देखि पसलहरुमा उधारो सामान दिनै छाडे त्यसमाथि म इन्डोनेशियाकि छोरी परे के गर्ने कसो गर्ने? माइत फर्कौ भने कुनै बाटो छैन।'उनले थपिन'।

    यदी कुनै दुर्घटनामा परे भने यत्रो दिन सम्म खबर पाउनुपर्ने, खबर पनि छैन। सङै काम गरेका साथिहरु लाई सोधपुछ गर्दा उनिहरु पनि निर्मल पोख्रेलको अवस्थाबारे थाहा नभएको बताउछन। आखिर गए कहाँ ? 

    घर परिवार सङ र श्रीमान श्रीमती बिच झैझगडा र मनमुटाव त  थिएन? भन्ने हाम्रो प्रश्नमा बिबाह भए यता त्यस्तो कुनै झगडा नभएको र पारिवारिक सम्बन्ध पनि राम्रै रहेको अनिले जिकिर गरिन। र अन्तमा निर्मल पोख्रेल लाई देख्नु हुने वा भेट्नु हुनेले ९८६३९८०७११ मा सम्पर्क गराई दिन अनुरोध गरेकी छिन।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…