• नेकपा एस कानेपोखरीमा सहभागिहरु

    मोरङ । पार्टी बिभाजनपछि आफूलाई बलियो ठान्दै आएको नेकपा (एमाले) कानेपोखरीमा विद्रोह गर्दै शनिबार नेकपा (एकीकृत समाजवादी) गठन भएको छ । 
    कानेपोखरी नेकपा (एस)को अध्यक्षमा भुमीकुमार दुलाल, उपाध्यक्षमा कुलबहादुर तामाङ, सचिवमा अमृत कार्की रहेका छन् । 
    सदस्यहरूमा सन्तोेष घिमिरे, जीवन मुडियारी, डिल्ली भट्टराई, विशेष पराजुली, दुर्गा गौतम, सन्तोष खड्का जगत तामाङ लगायत ५१ सदस्यीय गाउँ कमिटि गठन भएको अध्यक्ष दुलालले बताए ।  
    कानेपोखरी २ केरौन स्थित आदिवासी जनजाति भवनमा भएको भेलाले पार्टी सम्बद्ध युवा संघ नेपालसमेत गठन गरेको छ ।  संघको अध्यक्षको जिम्मेवार जीवन मुडियारीलाई दिइएको छ ।  
    संघको उपाध्यक्षमा मीनबहादुर बस्नेत, सचिवमा प्रबिन चौधरी लगायत ३१ सदस्यीय समिति गठन भएको हो । 


    कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी) पार्टीका केन्द्रीय सल्लाहकार हर्कमान तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सदस्यसमेत रहेका मोरङ जिल्ला उपाध्यक्ष चण्डिप्रसाद राई, सदस्य टंक भण्डारी, युवा संघ मोरङका जिल्ला अध्यक्ष प्रेमराक भारती लगायतको उपस्थिति रहेको थियो । भेलामा सय भन्दा बढी कार्यकर्ताहरु उपस्थिति रहेको जिल्ला सदस्य टंंक भण्डारीले बताए । 
    एमालेबाट बिद्रोह गर्दै पूर्बी मोरङकोे उर्लाबारी, पथरीशनिश्चरे नगरमा यस अघिनै समिति गठन भइसकेको छ भने कानेपोेखरीमा एमाले एकछत्त  रहेको दावि गर्दैै आएकोे थियो । 


     

सम्वन्धित समाचार

काठमाडौं ।  काठमाडौंमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको छ । मंगलबार बिहान साढे ८ बजेदेखि लागू…

मोरङ । थारु महिलाहरुले मनाउने जितिया चाड विभिन्न मनोरञ्जन तथा शुभकामना आदानप्रदान गर्दै आज भव्य रुपले सम…

मोरङ । पथरीमा फुटबल रंगशाला निर्माण गर्ने लगायतको प्रस्तावहरु पारित गर्दै मोरङको पथरीशनिश्चरेमा स्थापित शा…

पथरी । एभरेष्ट अंग्रेजी बोडिङ स्कुल मोरङको पथरी शनिश्चरे नगर स्तरीय अन्तर विद्यालय हिज्जे प्रतियोगितामा प्रथम…