• मोरङ । गणतन्त्र ल्याउन र रक्षाको लागि लागिरहने पार्टीले आगामी निर्वाचन जित्न अनिबार्य भएको नेकपा (माआवादी केन्द्र)का नेताहरुले बताएका छन् । 
    पार्टी सम्बद्ध पत्रकारहरुको संगठन प्रेस संगठन नेपालको मोरङ जिल्ला भेलालाई सम्बोधन गर्दै नेताहरुले सो कुरा बताएका हुन । 
    आइतबार (असोज ३) पथरीको हरियाली सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा भएको कार्यक्रम एमाले फुटेर ३ भन्दा बढी समूह भएको, संगठन मात्र नभएर विचार र भावनासमेत टुक्रिएकोले आगामी निर्वाचन माओवादी केन्द्रले जित्ने दावि गरेका हुन् ।
    नेपालमा माओवादीले चलाएको १० बर्ष लामो जनयुद्धकै करण गणतन्त्र र संघीयता प्राप्त हुनुको साथै बेलाबेलामा जारी संविधानमाथि प्रहार भइरहेको कारण माओवादी केन्द्रले निर्वाचन जित्नुपर्ने नेताहरुको भनाइ थियो । 
    कार्यक्रममा राष्ट्रिय सभा सदस्यसमेत रहेका पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गोपि आच्छामीले पार्टी वैज्ञानिक समाजवादको लक्ष्यको साथ अघि बढेको बताए । 
    भेलामा १ नम्बर प्रदेश सभा सदस्यसमेत रहेका जिल्ला सह—इन्चार्ज कुलप्रसाद साम्बा लिम्बूले भीम आचार्य नेतृत्वको सरकार तत्काल ढल्न लागेको बताए । 
    संविधान सभा तथा पार्टी प्रदेश सदस्य लालबहादुर शुस्लिङ मागर, प्रेस संगठन केन्द्रीय सचिव तथा पत्रकार महासंघ १ नम्बर प्रदेश महासचिव बिवेक गौतम, संगठनको १ नम्बर प्रदेश अध्यक्ष राजन केडी, केन्द्रीय सदस्य अर्जुन जम्नेली राई, प्रदेश सदस्य बिनु तिम्सिना लगायतले शुभकामना दिएका थिए । 
    संगठनका केन्द्रीय सचिव गौतमले संगठनमा आबद्ध पत्रकारहरुले अभिब्यक्ति स्वतन्त्रताको रक्षा, भौतिक, ब्याबसायिक सुरक्षाको साथै पार्टीको नीति र विचारलाई गाउँतहसम्म लानुपर्ने बताए । 
    कार्यक्रममा संगठनको केन्द्रीय सदस्य भक्तशेर लिम्बू, गणेश लम्साल, प्रदेश कोषाध्यक्ष मोहन भट्टराई, पार्टी जिल्ला सदस्य डीएन तिम्सिना, पार्टी पथरीशनिशरे नगर कवा अध्यक्ष प्रेम ढकाल, पथरीशनिश्चरे नगर ४ नम्बर वडा अध्यक्ष गोबिन्द भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
    भेलाले अर्जुन आचार्यको संयोजकत्वमा सम्मेलन आयोजक समिति गठन भएको छ । संगठनको सहसंयोजकमा सरोज बस्नेत र नवीन कर्ण लगायत ३७ सदस्यीय सम्मेलन आयोजक समिति गठन भएको छ ।
    संयोजक—अर्जुन आचार्य
    सहसंयोजक—सरोज बस्नेत 
    सहसंयोजक—नवीन कर्ण 
    सदस्यः—हरी अधिकारी
    सदस्यः—ज्योति शर्मा
    सदस्यः—प्रेम देवान
    सदस्यः—जनक ढकाल
    श्रीमन्त भट्टराई
    सदस्यः—बाबुराम मुडियारी
    सदस्यः—डम्बर सिन्चुरी
    सदस्यः—बबिता साम्पाङ
    सदस्यः—सन्दिप राई
    सदस्यः—रामकुमारी राई
    सदस्यः—सुजता निङ्लेखु
    सदस्यः—पवन साहा
    सदस्यः—राकेश कर्ण
    सदस्यः—गोपाल नेपाली
    सदस्यः—मौसम लिम्बू
    सदस्यः—सुमन कुरुङ्बाङ्ग लिम्बू
    सदस्यः—आशिका लम्साल
    सदस्यः—एलिना दियाली
    सदस्यः—शिवहाङ राई
    सदस्यः—ऋषि राई
    सदस्यः—बिपुल सुबेदी
    सदस्यः—पुजन दास
    सदस्यः—मिनु मोक्तान
    सदस्यः—बबिता लिम्बू
    सदस्यः—सम्झना राई
    सुजन ढुङ्गाना
    सदस्यः—बिनोद मेहता
    स्मृति तिम्सिना
    सदस्यः—राजकुमार मण्डल
    सदस्यः—रामकुमारी राई
    सदस्यः—सुसन लिम्बू
    सदस्यः—शसिक सरदार

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…