• मोरङ । मोरङको पथरी शनिश्चरे स्थित पथरी उद्योग वाणिज्य संघको भर्खरै निर्वाचित कान्छो सदस्य तुलशी लुनीयालाई उनी सम्बद्ध नेकपा (माओवादी केन्द्र)ले सम्मान गरेको छ । 
    लुनीया माओवादी केन्द्र लगायतका अध्यक्षमा बिजय भएका धनकुमार तामाङको प्यानलबाट सदस्य जितेका हुन् । २४ बर्ष मात्र पुग्दै गरेका लुनीयाको बाउ महाविर जैन, आमा लगायतका परिवार माओवादी सम्बद्ध कार्यकर्ता हुन् । गठबन्धनमा माओवादी केन्द्रले उपाध्यक्ष, सचिव लगायतको ४ वटा पदमा उमेद्वारी दिएपनि लुनीयाले मा    त्र जितेका ह्न ।
    पथरी उद्योग वाणिज्य संघमा सदस्य जितेका लुनीया सूचना प्रविधि सम्बन्धी अध्ययन गर्दै आएका विद्यार्थी हुन् । सम्मानित लुनीयाले चाँडै पथरी उवा संघको वेवसाइट निर्माण गरेर संघको क्रियाकलापलाई विश्वब्यापी बनाउन लागि पर्ने बताए । उनले वाणिज्य संघमा रहेका उद्योगी, ब्याबसायीलाई प्रविधि मैत्री बनाउन पहल गर्ने बताए । 
    लुनीयालाई माओवादी केन्द्र पथरीशनिश्चरेले सोमबार पार्टी कार्यालयमा कार्यक्रम आयोजना गरी सम्मान पत्र र दोसल्लाह ओढाएर सम्मान गरेका थिए । लुनीयालाई पथरीको मोरङ अस्पतालमा कार्यरत स्वास्थ्य कर्मी डा. उमेश गुरागाईले दोसल्ला ओढाएका थिए । 
    पार्टीको कार्यवाहक अध्यक्ष प्रेम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नगर इन्चार्ज दिनानाथ तिम्सिना, सहइन्चार्ज बालकुमार मगर लगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
    गठबन्धनबाट उठेका कांग्रेस सम्बद्ध सबै उमेद्वारले जितेपनि माओवादी पार्टी सम्बद्ध उमेद्वार पराजित हुनुमा पार्टी नेताहरुको भूमिका पर्याप्त नभएको गुनासो बाहिर आएको छ । पार्टीले निर्णय गरेर उमेद्वार पठाएको राजकुमार तिरुवाको ठाउँमा अर्कै ब्यक्तिले मनोनयन दर्ता गर्दासम्म पार्टी नेताहरुले पर्याप्त पहल नगरेको पार्टी  सम्बद्ध ब्याबसायीहरुको भनाइ छ । 

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…