• मोरङ । नेपाली कांग्रेसको १४ औ महाधिवशन अन्तरगर्तको मोरङ जिल्लाभर आज वडाहरुमा उमेद्वार मनोनयन दर्ता हुँदैछ ।
    बिहान ८ बजेदेखि सुरु भएको निर्वाचन प्रक्रिया बेलुका ४ बजे उमेद्वारको अन्तिम नामावली प्रकाशनको कार्यतालिका रहेको छ । 
    यसैक्रममा मोरङ ३ नम्बर क्षेत्र (क) अन्तरर्गत पर्ने पथरीशनिश्चरे नगरपालिकाको ८ वटै वडामा निर्वाचन कार्यक्रम अघि बढेको सो संगठनले जनाएको छ । 
    नगरको ५ र ६ नम्बर वडा अर्को निर्वाचन क्षेत्र अन्तरगर्त पर्दछ । सो दुई वटा बाहेक नगरमा पुरानो÷नयाँ गरी एक हजार ३२४ जना क्रियाशील सदस्य रहेका छन् । 
    विधान बमोजिम सोही सदस्यहरुबाट वडा समिति र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुने गर्दछ । वडामा सभापति, उपसभापति २, सचिव २ र सहसचिव २ सहित सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुन्छ । 
    पथरीशनिश्चरे नगरको सदरमुकाम १ नम्बर वडा पथरीमा सबै पदमा दुई भन्दा बढी उमेद्वार मनोनयन दर्ता भएको छ । 
    पुरानो २३५ र नयाँ १४७ गरी ३८१ क्रियाशलि सदस्य रहेको छ । यो संख्या वडाहरुको सबैभन्दा बढी हो । वडामा क्षेत्रीय प्रतिनिधिको खुल्लामा सबैभन्दा बढी प्रतिष्पर्धा हुने भएको छ । ७ जना निर्वाचित हुनुपर्नेमा ११ जनाको मनोनयन दर्ता भएको छ । 
    यो वडामा बीरबहादुर बस्नेत (पूर्व महासमिति सदस्य), धनकुमार तामाङ जिल्ला सदस्य, माधवप्रसाद कोइराला, नगेन्द्र सुब्बा, रुपनारायण भट्टराई, लोकनाथ खरेल, दुर्गाप्रसाद भट्टराई, रमेश बिष्ट, हेमन्त सुबेदी, रोशन पराजुली, ठाकुरप्रसाद लिम्बु रहेका छन् । 


    जसमध्ये रुपनारायण भट्टराई, लोकनाथ खरेल र दुर्गाप्रसाद भट्टराई नगर सभापतिको दावेदारी रहेको बुझिएको छ । बीरबहादुर बस्नेत ७७ बर्षिय नगरको पुरानो कांग्रेस नेता हुन् । 
    क्षेत्रीय प्रतिनिधिको आदिबासी, आदिबासी महिला, खुल्ला महिला, खसआर्य पुरष, खसआर्य महिला, दलित कोटामा समेत दुई भन्दा बढी उमेद्वार परेको छ । मधेशीमा रिता साहा र अपाङ्गतामा शम्भुराज भट्टराई भने एक एक जना मात्र उमेद्वारी परेको छ । 
    आदिबासी कोटामाको दुई पदको लागि शन्तोष लिम्बू (श्रेङ), बिक्रम लिम्बू, अशोक धिमाल, प्रतित सुब्बा गरी चार जना रहेका छन् । बिक्रम लिम्बू प्रदेश क्षेत्रीय सभापतिको दाबेदार हुन । 
    त्यसैगरी आदिबासी महिलाको एउटा कोटामा लक्ष्मी पाख्रिन र सीता धिमाल भिड्दैछिन् । खुल्ला ३ महिलाको लागि गीता अधिकारी, मिरा सुब्बा, भगवति कटुवाल, दुर्गादेवि बस्नेत, बिना राई र बिष्णु बिष्ट गरी ६ जनाले मनोनयन दर्ता गरेका छन् । खसआर्य महिलामा कबिता पराजुली र सुभद्रा निरौला, खसआर्य पुरुष कोटामा सुबिन पराजुली र रामप्रसाद खतिवडा निर्वाचन भिड्दैछन् । दुवै कोटाबाट एक—एक जना निर्वाचितहुने विधानमा ब्यबस्था छ । त्यसैगरी दलित कोटामा गणेश नेपाली र रमण नेपाली प्रतिष्पर्धा गर्दैछन् । वडा अधिवेशन वडा समिति निर्वाचित गर्ने भन्दा क्षेत्रीय प्रतिनिधि छान्नेमा बढी महत्वपूर्ण हुन्छ ।

    वडा सभापतिमा साम्बा र प्रसाईको प्यानल दर्ता

    पथरीशनिश्चरे १ नम्बर वडामा सभापतिमा काजि साँबा र वीरेन्द्र प्रसाँइ, उपसभापतिमा उदयकुमार राई(दिनेश), मिलन श्रेष्ठ, ईन्द्र खत्री, सचिवमा सञ्जय थलङ लिम्बू, सुमन बिक, चिरिञ्जिब कार्की, सहसचिवमा सुमन राई, केशब बिष्ट र पूर्णबहादुर तामाङको उमेद्वारी परेको छ । 

    क्षेत्रमा शुनिल—खड्का र केशव दुलालवीच संघर्ष
    संघीय निर्वाचन क्षेत्रीय सभापतिको दाबेदार गणेशकुमार खड्का पनि पथरीशनिश्चरे १ कै क्रियाशील सदस्य हुन् । खड्का हालसम्मका सभापति पनि हुन् ।  प्रदेश क्षेत्र (क)को तर्फबाट सभापतिको अर्को दावेदार लोककिरण न्यौपाने नगरपालिका ४ नम्बर वडाबाट प्रतिनिधि उठ्दैछन् । 
    यो क्षेत्रमा सुनिल शर्मा (नोवेल अस्पताल सञ्चालक) र गणेश खड्काको एउटा टिम रहेको छ भने पथरीशनिश्चरे १० मा क्रियाशिल सदस्य रहेका केशव दुलालवीच टकराब रहेको बुझिएको छ । 
    सुनिल शर्मा गाणेश खड्कालाई सभापति बनाएर आगामी निर्वाचनमा संघीय सांसदको पुन उमेद्वार बन्न चाहन्छन भने केशव दुलाल पार्टीको केन्द्रीय समितिसम्म जाने योजनामा रहेको बुझिएको छ । केशव दुलाला पुर्ब केन्द्रीय सभापति तथा प्रधानमन्त्री पुत्रि सुजना कोइरालाको सचिवालयमा काम गरेर एक प्रकारको हैसियत बनाएका नेता हुन् । 
    पथरीशनिश्चरे नगरमा रुपनायाण भट्टराईले शुनिल—गणेश खड्काको र लोकनाथ खरेलले केशव दुलालको प्रतिनिधित्व गर्दै नगर सभापतिमा दाबेदारी गरिरहेको बुझिएको छ । नगरमा पुराना नेता वीरबहादुर बस्नेत, नगेन्द्र सुब्बा लगायतका नेताहरु दुलालको पक्षमा रहेको बुझिएको छ । 
    यी शक्तिहरुले एकले अर्को पक्षलाई क्षेत्रीय प्रतिनिधिमै हराउन कोशिस गरिरहेको बुझिएको छ । 
    यी दुई शक्तिको टकरावको कारण पथरीशनिश्चरे ३ मा स्थानीय कार्यकर्ता मिलेर सर्बसहमतको घोषणा गरेपनि मिल्न नदिएको बुझिएको छ । त्यहाँ सुनिल—गणेश खड्का पक्षका बिजय सुब्बालाई सभापति दिएर सर्बसहमतको प्रयास भएको थयो । दुलाल पक्षको क्षेत्रीय प्रतिनिधि बढी भएको भन्दै शुनिल शर्माले सहमति तोड्न लगाएपछि सोमबार साँझ कांग्रेसवीच केहीबेर तनाव भएको थियो । 
    सहमति तोडिएपछि बिजय सुब्बासँग काबुलबहादर मगर (बिकास) सभापति लगायतको प्यानलनै भिड्ने भएका छन् । वडा नम्बर १० मा केशव दुलाललाई सकेसम्म वडामा रोक्न शुनिल शर्मा लागेको श्रोतले जनाएको छ । 

सम्वन्धित समाचार

निर्वाचन भनेको ढाँटेर भोट बटुल्ने बिजय जुलुस सकिएपछि भरिकस गाउँ फर्केर नआउने परम्परा छ इलाम—२ मा …

इलाम । इलाम—२ को उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्र…

इलाम । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको…

किरात राई समुदायको साझा सामाजिक संस्था किरात राई यायोक्खा संस्थागत रुपमै इलाम उपनिर्वाचनमा साझा स्वतन्त्र …