• मोरङ । भोली मदतान हुने नेपाली कांग्रेसको नगर अधिवेशनमा मोरङ पथरीशनिश्चरेमा मुख्य सात पदको  लागि १४ जनाले मनोनयन दर्ता गरेका छन । 
    सभापतिमा तीन, दुई उपसभापतिमा चार जनाले, दुई सचिवमा तीन र दुई सहसचिवका लागि चार जनाले उमेद्वारी मनोनयन दर्ता गरेका छन् । 
    नगर सभापतिमा रुपनाराण भट्टराई, ईश्वर थापा र लोकनाथ खरेलले मनोनयन दर्ता गरेका छन् । पर्शुराम कार्कीले भने आफूलाई सर्वसहमत बनाए नेतृत्व गर्ने भन्दै आएका थिए । कार्कीले मनोनयन दर्ता गरेका छैनन् । 
    रुपनाराण भट्टराई कोइराला र लोकनाथ खरेल देउवा पक्षको उमेद्वार रहेको बुझिएको छ । ईश्वर थापा कोइराला निकटका भएपनि स्वतन्त्र रुपमा सभापतिको मनोनयन दर्ता गरेका हुन । थापाले आफूलाई अरु गुटगुटको भएपनि आफू सबै कांग्रेस प्रतिनिधिको उमेद्वार भएको बताउदै आएका छन् । 
    त्यसैगरी उपाध्यक्षमा सन्तोष कार्की, कुलबहादुर गुरुङ, किशोरबहादुर बस्नेत र सन्तोष गुरुङ, त्यसैगरी सचिव पदमा सोमबहादुर कटुवाल(सन्तोष), लक्ष्मी दुलाल, योगराज पाठकले मनोनयन दर्ता गरेका हुन् । टाइवन राईले उमेद्वारी घोषणा गरेपनि मनोनयन दर्ता गरेनन् । 
    सहसचिव २ पदका लागि खगेन्द्र बस्नेत, सागर बराल, लक्ष्मीप्रसाद श्रेष्ठ र सोफिया कटुवालले उमेद्वारी मनोनयन दर्ता गरेका छन् । कोषाध्यक्ष सदस्यहरुबाट मनोनित र नगर सदस्य एक महिला पर्ने गरी हरेक वडाबाट ३—३ जना निर्वाचित हुने ब्यबस्था छ । नगरको १० वटै वडाबाट सदस्य सर्वसहमत चयन भएका छन् । 
    मतदान भोलि बिहान ८ देखि २ बजेसम्म र ४ बजेदेखि गणना हुने कार्यतालिका सार्वजनिक भएको छ । नगरमा क्षेत्रीय प्रतिनिधि, वडा सभापति र निवर्तमान नगर सभापति गरी दुई जना मतदाता रहेका छन् । 

    उमेद्वार र निर्विरोध निर्वाचित पदाधिकारी सदस्यको नामवली..

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा स्थापित पर्यापर्यटन क्षेत्रमा आगामी नयाँ बर्षदेखि पर्यटक भित्र्याउने योजना प…

 बैतडी, १६ मङ्सिर  दक्षिण अफ्रिकालगायत विभिन्न देशमा फैलिएको  कोभिड–१९ को नयाँ …

 काठमाडौँ, १५ मङ्सिर    नेपालको न्यायालयको इतिहासमा पहिलोपटक सर्वोच्च अदालतमा गोला प्र…

 धादिङ, १५ मङ्सिर    बेनिघाटरोराङ गाउँपालिका–२ सिमथलीका कालीबहादुर चेपाङका न…