• मोरङ । मोरङको कानेपोखरीमा १ नम्बर प्रदेश स्तरीय तेक्वाण्दो प्रतियोगिता हुने भएको छ । 
    कानेपोखारी आई.टी.एफ. तेक्वाण्दो डोजाङले आज पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारे जानकारी गराएको हो । 
    ‘स्वास्थ्यको लागि केलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराको साथ कर्तिक ५ र ६ गते प्रतियोगिता हुने आयोजक कानेपोखरी डोजाङ्गका अध्यक्ष युवराज भुजेलले बताए । 
    प्रतियोगितामा मोरङ, सुनसरी, झापा, उदयपुर, धनकुटा, भोजपुर, इलाम, पाँचथर, ताप्लेजुङ्ग, तेह्रथुम र आयोजक डोजाङ्गवीच प्रतिष्पर्धा हुनेछ । 
    प्रतियोगिता पुरुष २० देखि ८० र महिला २० देखि ७० किलो तौल  समूहवीच हुने प्रशिक्षक समेत रहेका आयोजक डोजाङ्गका अध्यक्ष भुजेलले बताए । खेलमा महिला, पुरुष गरी ३५० बढी खेलाडि सहभागि हुने आयोजकले जनाएको छ । 
    प्रतियोगितामा सवैभन्दा बढी स्वर्ण, कास्य र रजत प्राप्त गर्ने जिल्लाहरुलाई प्रथम, दोस्रो र तेस्रो घोषणा गरिनेछ । बिजेता, उपबिजेता र तेस्रो हुनेलाई क्रमस १०, ८ र ५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । 
    खेलाडिहरुलाई खाना, बस्न र यातायातसहित करिव सात लाख खर्च हुने बताइएको छ । 
    पत्रकार सम्मेलनमा १ नम्बर प्रदेशका प्रमुख प्रशिक्षक रमेश चौधरी, कानेपोखरी गाउँपालिका ६ नम्बर वडा अध्यक्ष खड्ग बस्नेत, प्रशिक्षक नवीन लामा लगायतको उपस्थिति रहेको थियो । 
    कानेपोखरीमा प्रथम, दोस्रो र तेस्रो हुने ५५ देखि ६३ केजी तौल समूहका खेलाडिहरु प्रदेशको प्रतिनिधित्व गर्दै कार्तिक १२ र १३ गते रामेछापको गाल्पामा हुने राष्ट्रिय स्तरको प्रतियोगितामा भिड्न जाने प्रशिक्षक चौधरीले बताए । रामेछापमा सो वेट समूहको सातै प्रदेशबाट तीन—तीन जना सहभागि हुनेछन् । 
    खेलकुदको मध्यमबाट कानेपोखरीलाई चिनाउन, युवाहरुलाई अनुसासीत, एकता भाव पैदा गर्न र खेल पर्यटनको बिकास गर्ने लक्ष्यको साथ प्रतियोगिताको आयोजना गर्न लागिएको कानेपोखरी डोजाङ्गका अध्यक्ष युवराज भुजेले बताए । 
     

सम्वन्धित समाचार

कर्णाली, ५ कात्तिक सुर्खेतको वीरेन्द्रनगरमा यही कात्तिक १० गतेदेखि काँक्रेविहार गोल्डकपको आयोजना हुने भए…

 एएफसी यू–२३ एसियन कप छनोट खेल्न नेपाली यू–२३ टोली आज ताजिकिस्तान प्रस्थान गरेको छ । ए…

मोरङ । मोरङको पथरीशनिश्चरेमा पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगिता—२०२१ हुने भएको छ ।  थ्री…

काठमाडौँ, २८ असोज राष्ट्रपति विद्यादेवी भण्डारीले साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेर राष्ट्रिय गौरव …